अमेरिकी अध्यागमन कानूनको बारेमा जानकारी राख्न कानून व्यवसायी फुलाराको आग्रह

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
न्यूयोर्कका कानून व्यवसायी बासु फुलाराले ट्रम प्रशासनको पछिल्लो अध्यागमन नीतिको वारेमा हल्लाको पछि लाग्दा अन्यौलता उत्पन्न भएको बताएका छन ।
गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टरद्वारा शनिबार ड्यालसको अर्भिङमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा बोल्दै कानून व्यवसायी फुलाराले सामाजिक सन्जालमा पोष्ट गरिएका कुराको पछि लाग्नु भन्दा अमेरिकी अध्यागमन कानूनको बारेमा यथार्थ जानकारी लिन सुझाव दिए । अमेरिकामा सन् १९९० देखि अध्यागमन सम्बन्धि कानुनमा परिबर्तन भएको छैन । ट्रम प्रशासनले बिद्यमान अध्यागमन कानूनको कडाईका साथ कार्यान्वयन मात्र गरेको हो, सहभागिहरुको जिज्ञासामा फुलाराले भने ।
अमेरिकामा रहेका करिब १८ हजार नेपाली बिद्यार्थीहरु मध्य सबै भन्दा बढी टेक्ससमा अध्ययन गर्ने गरेको पछिल्लो तथ्यांक रहेको छ । गैरकानूनी काममा संलग्न नभए नेपाली बिद्यार्थीहरुले डराउनु पर्ने अवस्था छैन । अन्तराष्ट्रिय बिद्यार्थीहरुले अनक्याम्पस काम बाहेक क्याम्पस बाहिर गएर स्टोर, रेष्टुरेन्टहरुमा काम गर्नु गैरकानूनी भएकाले त्यसो नगर्न समेत आग्रह गरे ।
यदि अध्यागमन प्रहरी (आईस) कसैको ढोकामा पुगेमा अमेरिकी संबिधानले प्रदान गरेका अधिकार प्रयोग गर्न सकिन्छ । भाषागत समस्याका कारण विषय नबुझेकाले म बोल्न चाहन्न, म कानून व्यवसायीसंग सल्लाह गरेर मात्र हस्ताक्षर गर्छु वा बोल्छु, न्यायाधिशद्वारा हस्ताक्षर गरिएको वारेन्ट पत्र भएमा मात्र ढोका खोल्छु भन्न सकिने फुलाराको सुझाव थियो ।
अहिलेसम्मको स्थिती अनुसार अपराधिक गतिविधिमा संलग्न, कुनै पनि कानुनी वैधता नभएका, अदालतले डिपोर्ट गर्न आदेश दिएका करिब दुई हजारसम्म नेपालीहरु डिपोर्ट पर्न सक्ने अनुमान गरिएको अध्यागमन कानूनका जानकार फुलाराले बताए ।
अन्तरकृया कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायका अगुवाहरु पत्रकार तथा अन्य सहभागीहरुले अमेरिकी अध्यागमन कानुन तथा ट्रम प्रशासनको पछिल्लो नीतिका बारेमा कानून व्यवसायी फुलारासंग बिभिन्न जिज्ञासा राखेका थिए ।

 

Leave A Reply

Your email address will not be published.