
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
अमेरिकामा रहेका मधेशी समुदायमा होली पर्बको रमझम शुरु भएको छ । यहाँका मधेशी समुदायहरु एक साता अघिदेखि होली मनाउने तयारीमा जुटेका छन । अमेरिकी मधेशी समुदायहरु आफ्नो सुबिधा अनुसारको दिन र स्थानमा होली पर्ब मनाउँदैछन । नेपाली पात्रो अनुसार नेपालमा यस बर्षको फागु पूर्णिमा (होली पर्ब) पहाडमा १३ मार्च र तराईमा १४ मार्चमा मनाईदैछ । तर अमेरिकाको परिबेशमा यहाँका मधेशी समुदायले सबैलाई पायक पर्ने स्थान र बिदाको दिनमा होली मनाउने कार्यक्रम तय गरि व्यानर सामाजिक सन्जाल मार्फत सार्बजनिक गरेका छन ।
यस बर्षको होली पर्बको सन्दर्भ पारेर अमेरिका मधेशी समाज टेक्सस च्याप्टरले एक साता अघि ८ मार्चमा होली बिशेष कार्यक्रम आयोजना गर्दैछ । नेपालमा जस्तो पात्रोमा उल्लेख भएको दिनमा पर्ब मनाउन सम्भव छैन । सबै काममा व्यस्त हुने भएकाले सबैलाई अनुकुल हुने दिन र सार्बजनिक स्थानको उपलब्धताको आधारमा एक साता अघि होली बिशेष कार्यक्रम आयोजना गर्न लागिएको अमेरिका मधेशी समाज टेक्सस च्याप्टरका अध्यक्ष रामबाबु गुप्ताले बताउनु भयो ।
होली बिशेष कार्यक्रममा मधेशी संस्कृति झल्किने होली गीत तथा संगीत, खाना तथा एक आपसमा रंग लगाएर होली पर्बको शुभकामना आदान प्रदान गरिने समाजले जनाएको छ । कार्यक्रम ८ मार्च शनिबारका दिन बिहान ११ बजे देखि वेलुका ४ बजे सम्म त्चबधष्अप एबखष्ििष्यल न्चबउभखष्लभ मा सन्चालन हुने छ ।
हामीले मधेशी समुदायको चर्चित रंग सहितको साँस्कृतिक पर्बलाई प्रवासमा जिवित राख्दै पुस्तान्तरण गर्न चाहान्छौं । त्यसैले होली पर्बमा सबै प्रवासी मधेशीहरुको सहभागिता होस भनेर पर्बको एक साता अघि बिदाको दिन पारेर उपलब्ध सार्बजनिक स्थानमा होली बिशेष कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष गुप्ताले भने ।
यसैगरि मधेशी समुदायको अर्को चर्चित संस्था मधेशी एशोसियसन ईन अमेरिका (माँ) ले पनि टेक्सास लगायत बिभिन्न राज्यमा होली बिशेष कार्यक्रम आयोजना गर्दैछ ।
मधेशी एशोसियसन ईन अमेरिका (माँ) का केन्द्रिय अध्यक्ष संगीत रौनियारका अनुसार टेक्सस, क्यालिफोर्निया, फ्लोरिडा, पेन्सलभेनिया, बासिटन डिसी, न्यूयोर्क, एटलान्टा, ओहायो लगायतका स्थानमा रहेका राज्य स्तरीय च्याप्टरहरुले मार्च महिनाको १४, १५ मा १६ तारेखमा होली बिशेष कार्यक्रम आयोजना गर्दैछन ।
होली पर्वलाई मधेशी समुदाय अर्थात तराईबासीहरुले महत्वका साथ मनाउने गर्दछन । तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रंग चढाएर र आफ्ना परिवारका सदस्यसँग रंग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ ।
आपसमा रङ तथा अबिर दलेर मनाइने होलीलाई आपसी मेलमिलाप र सद्भावको पर्वसँगै रङहरुको पर्वको रुपमा समेत लिइन्छ ।
आधुनिकताको नाममा पछिल्लो समय होली पर्वको मौलिकता हराउँदै गएकोमा मधेशी बुढापाकाहरु चिन्तित देखिन्छन । “पहिले होली आउनुपूर्व नै, राम खेले होली लक्ष्मण खेले होली, आ लंकामे रावण खेले होली जस्ता गीतहरु गाउँगाउँमा गुञ्जिन्थे” । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथि अर्थात होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोप हुँदै गएका छन् । ‘असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ,’ । ‘धार्मिक महत्व सँगसँगै सामाजिक सदभाव र उमंग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।’
फोटो ः गुगलबाट साभार