Prem

निर्बाचन आयोगले तोक्यो स्थानीय तह उम्मेद्वारको खर्च सिमा

घण्टेश्वर अनलाईन
काठमाण्डौं

आगामी बैशाख ३० गते हुने स्थानीय निर्बाचनको लागि निर्वाचन आयोगले उम्मेदवारको निर्वाचन खर्च सीमा सार्बजनिक गरेको छ । स्थानीय तह निर्वाचन सन्दर्भमा दलका प्रतिनिधिसँगको छलफलमा निर्वाचन खर्चका लागि सीमा निर्धारणबारे जानकारी गराएको हो ।
निर्बाचन आयोगले सार्बजनिक गरेको खर्च सिमामा महानगरपालिकाको प्रमुख/उपप्रमुखका उम्मेदवारको अधिकतम खर्च सीमा ७ लाख ५० हजार खर्च गर्न पाउने छन । यसै गरि उपमहानगरपालिकाको प्रमुख/उपप्रमुख उठ्ने उम्मेदवारको अधिकतम ५ लाख ५० हजार खर्च सीमा तोकिएको छ । नगरपालिकाको प्रमुख/उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार र गाउँपालिका प्रमु्ख/उपप्रमुखका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउनेछन् ।
महानगरपालिका अन्तर्गत वडाध्यक्ष उम्मेदवारले तीन लाख, उपमहानगरपालिकाको वडाध्यक्षले २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षले दुई लाख र गाउँपालिकाको वडाध्यक्ष उम्मेदवारलाई एक लाख ५० हजार खर्च सीमा निर्धारण गरिएको निर्बाचन आयोगले जनाएको छ ।


यस्तै, महानगरपालिकामा वडा सदस्य उठ्न तीन लाख, उपमहानगरपालिकामा सदस्य उठ्न दुई लाख ५० हजार, नगरपालिकामा सदस्य उठ्न दुई लाख, गाउँपालिकामा सदस्य उठ्न एक लाख ५० हजार अधिकतम खर्चको सीमा निर्धारण गरिएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार जिल्ला समन्वय समितिको प्रमुख उम्मेदवारले ५० हजार र जिल्ला समन्वय समिति सदस्यलाई २५ हजारसम्म निर्वाचन खर्चका लागि सीमा निर्धारण गरिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्य तथा गाउँ र नगर कार्यपालिकाका सदस्यहरुको खर्च निर्वाचनको प्रकृतिलाई मध्यनजर राखी घटाइएको जानकारी दिए । उनले भने, ‘आयोगले २०७४ सालको स्थानीय तह कार्यापालिका सदस्य निर्वाचनका लागि तोके बमोजिमको निर्वाचन खर्च सीमालाई यथावत राखेको छ । तर, जिल्ला समन्वय समितिका अधिकारीको निर्वाचन खर्च घटाइएको छ ।’

Leave A Reply

Your email address will not be published.