अमेरिकामा बस्ने नेपालीहरुले शुरु गरे “नागरिकता खोई अभियान”

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
नेपाली नागरिकताको निरन्तरताका लागि अमेरिकामा बस्ने नेपालीहरुले “नागरिकता खोई अभियान” शुरु गर्ने भएका छन । विदेशमा वस्ने नेपालीका लागि बंशजको आधारमा नेपालमा प्राप्त गरेको नागरिकता निरन्तरता हुनु पर्ने भन्दै नारिकता खोई अभियान र गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टरले अभियान शुरु गर्न लागेका हुन ।
नागरिकता खोई अभियान यही १५ मार्च देखि टेक्ससको ड्यालसबाट शुरु भई अमेरिकाका बिभिन्न राज्यमा सन्चालन हुने छ । अभियान अन्तरगत बिभिन्न स्थानमा रहेका नेपाली समुदायसंग बंशजको नेपाली नागरिकता निरन्तरता हुनु पर्ने विषयमा छलफल, अन्तरकृया गरि अभियान प्रति सहयोग र समर्थन जुटाउन पहल गरिन नागरिकता खोई अभियानका संयोजक वासुदेव घिमिरेले बताए ।
संयोजक घिमिरेका अनुसार नागरिकता खोई अभियान गैरआवासीय नेपालीको साझा अभियान हो । योे विषयले नेपालको संसद भित्र समेत प्रवेश पाएको छ । कांग्रेस नेता शेखर कोइरला, विश्वप्रकास शर्मा, एमालेका वरिष्ठ नेताहरुलाई घिमिरेले नागरिकता खोई अभियानको विषयमा जानकारी गराउने काम सम्पन्न भईसकेको छ ।
अभियानको वारेमा सहयोग र समर्थन जुटिरहेकाले विदेशमा वस्ने सवै नेपालीले एकजुट भएर सशक्त रुपमा दवाव सिर्जना गर्ने हो भने सार्थक नतिजा प्राप्त गर्न सकिनेमा अभियानकर्ताहरु आशावादी देखिन्छन ।
नेपाल सरकारले हाल विदेशमा त्यहांको नागरिकता लिएका नेपालीलाई गैर आवासीय नागरिकता प्रदान गर्दै आएको छ । यो नागरिकता लिई नेपाल जांदा भिषा समेत लिनुपर्ने व्यवस्थाले यसको औचित्य माथि नै प्रश्न उठिरहेको छ ।
एनआरएन नागरिकता होइन अव वंशजको नागरिकता नै निरन्तरता भएमा आउने केही बर्ष भित्र हजारौं नेपालीहरु पैसा र सिप दुवै लिएर नेपाल फर्किने दावी नागरिता खोई अभियानको छ ।
बंशजको आधारमा प्राप्त गरेको नागरिकताको निरन्तरता नै गैरआवासीय नेपाली समुदायको मुख्य मुद्दा रहेकाले नागरिकता खोई अभियानलाई नेपाली समुदायको बिचमा बृहत छलफल गर्न लागिएको गैरआवासीय नेपाल संघ टेक्सस च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाईंले बताए ।
एनआरएन नागरिकता लिने नेपालीलाई अधिकार दिने सवालमा तेस्रो दर्जाको नेपाली वनाईएकाले नागरिकता खोई अभियान प्रति सहयोग र समर्थन जुटाउन टेक्ससको ड्यालस, ह्युस्टन, अस्टिन लगायतका शहरमा समुदायसंग छलफल गर्न लागिएको हो । अभियानलाई अमेरिकामा रहेका अधिकांश नेपालीका बिचमा पुर्याईने अध्यक्ष गुरागाईले भने ।
नागरिकता खोई अभियानले केही महिनाअघि नेपालका विभिन्न राजनीतिक पार्टीका नेतालाई भेटेर वंशजको नागरिकताको निरन्तरता हुदां देशलाई हुने फाइदाको वारेमा जानकारी दिईसकेको छ । नेपालमा रहेका प्रमुख राजनैतिक दलहरु कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा लगायतका पार्टीका नेताहरुलाई यही वुझाउने प्रयास गरिरहेको नागरिकता खोई अभियानले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.