
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिका भ्रमणमा रहेका नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री देबेन्द्र दाहाल यही १८ मार्चमा टेक्ससको ड्यालसमा आउने कार्यक्रम रहेको छ । मन्त्री दाहालले टेक्ससको ड्यालसमा नेपाली समुदायका अगुवाहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेपाली समाज टेक्ससले जनाएको छ ।
मन्त्री दाहाल टेक्ससको ड्यालसमा आउने कार्यक्रम तय भएपछि नेपाली समाज टेक्ससले मन्त्री दाहालको सम्मानमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
मन्त्री दाहालको सम्मानमा आयोजना हुने मिट एण्ड ग्रिट कार्यक्रम नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको सभाकक्ष युलेशमा १८ मार्च मंगलबार बेलुकी ६ बजे आयोजना हुने नेपाली समाज टेक्ससका महासचिब बिजय भुसालले जानकारी दिनु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा सहभागिताका लागि नेपाली समाज टेक्ससले नेपाली समुदायका अगुवाहरु, नेपाली समुदायका संस्थाहरुका प्रमुखहरु, पत्रकारहरुलाई अनुरोध गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा टेक्ससको ड्यालसमा स्थापना हुन लागेको कन्सुलर अफिस सन्चालन, गैरआवासीय नेपालीहरुले भोग्नु परेका समस्याहरु लगायतका बिषयमा छलफल हुने बताईएको छ ।