अमेरिकामा “माँ” ले मनायो तराईको झल्को दिने होली

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
होली मधेशी समुदायको महत्वपूर्ण साँस्कृतिक पर्ब हो । मधेशीहरु भौतिक रुपमा जहाँ भएपनि आफ्नो चाडपर्बहरु धुमधामका साथ मनाउने गर्दछन । यस बर्षको होली पर्ब पनि अमेरिकाका बिभिन्न राज्यमा बसोवास गर्ने मधेशीहरुले धुमधामका साथ मनाएका छन ।
मधेशी एशोसियशन ईन अमेरिका(माँ) को राज्य स्तरका च्याप्टरहरुले होली पर्ब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन । अमेरिकाको पेन्सलभेनियामा शुक्रबार, टेक्सस, न्यूयोर्क, वासिङटनमा शनिबार होली मनाईएको माँ का केन्द्रिय अध्यक्ष डा. संगीत रौनियारले जानकारी दिनु भयो । पेन्सलभेनिया र न्यूयोर्ककौ कार्यक्रममा नेपालका महिला तथा बालबालिका मन्त्री नवल शाह सुडीको पनि उपस्थिती रहेको थियो । यसैगरि क्यालिफोर्निया, एटलान्टा र फ्लोरिडामा आईतबार होली मनाईएको थियो ।
बिभिन्न स्थानमा छरिएर रहेका मधेशीहरु होली कार्यक्रममा एकै स्थानमा जम्मा भएर होली खेलेका थिए । तराई मधेशमा चर्चित होली सम्बन्धि गीतमा छमछमी नाच्नुका साथै एक आपसमा रंग लगाएर होलीको शुभकामना आदान प्रदान गरेका थिए । बिभिन्न स्थानमा आयोजना गरिएको होली कार्यक्रमले तराई मधेशको झल्को दिएको माँ का केन्द्रिय अध्यक्ष डा. रौनियारले बताए ।
हामी भौतिक रुपमा अमेरिकामा भएपनि आफ्नो सँस्कृति जोगाएका छौं । हाम्रो सँस्कृतिले मधेशीहरुलाई एकै ठाउँमा एकताबद्ध र सामाजिक सद्भाव र मित्रता बलियो बनाएको छ । अमेरिकामा मधेशीहरुको छुट्टै पहिचान स्थापित गरेको मधेशी अगुवाहरु बताउँछन ।
अमेरिकामा मधेशी समुदायले होली, छठ लगायतका मधेशी समुदायका प्रमुख चाडहरु धुमधामका साथ मनाउँदै आएका छन ।

Leave A Reply

Your email address will not be published.