ड्यालसमा चार्टर नाईट कार्यक्रम मार्फत नयाँ लायन्स क्लब स्थापनाको घोषणा

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
पछिल्लो समय अमेरिकामा रहेका नेपालीहरु लायन्स क्लबमा आबद्ध हुने क्रम बढेको छ । हालसम्म अमेरिकामा ३५ वटा भन्दा बढी नेपाली समुदायले स्थापजन गरेका लायन्स क्लबहरु सकृय रहेका छन । जस मध्य टेक्ससको ड्यालसमा स्थापना भएका १२ वटा र अस्टिनमा १ वटा नेपालीहरुले स्थापना गरेका लायन्स क्लब छन । डिस्ट्रिक 2⁃X1  का गर्भनर राधाकृष्ण काफ्लेका अनुसार टेक्ससको ड्यालसमा मात्रै ३ वटा महिलाहरु र १ क्याम्पसमा युवाहरुले स्थापना गरेका लायन्स क्लबहरु स्थापना भई सामाजिक काममा सकृय छन ।
यसै सन्दर्भमा आईतबार ड्यालसको अर्भिङमा संयुक्त चार्टर नाईट कार्यक्रमको आयोजना गरि नयाँ स्थापना भएका ४ वटा लायन्स क्लब स्थापनाको औपचारिक घोषणा गरियो । हिल्टन गार्डेन इन अर्भिङमा आयोजना गरिएको उक्त कार्यक्रममा ८० जना नयाँ लायन्सहरुको स्वागत तथा सपथका साथै २५ जना अफिसरहरुको पदस्थापना गरिएको थियो । नयाँ स्थापना भएका लायन्स क्लबहरुमा डालस बाडिमालिका, डालस हिमालयन स्पोर्टस्, डालस एभरेस्ट वुमेन्स, र डालस हिमालयन वुमेन्स लायन्स क्लबहरू रहेका छन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब इन्टरनेशनलका दोस्रो उपाध्यक्ष मार्क एस. लियोनले संयुक्त चार्टर नाईट कार्यक्रम सेवाको भावना र आपसी मेलमिलापको ऐतिहासिक उत्सव भएको बिचार व्यक्त गरे ।
यसैगरि काउन्सिल अध्यक्ष टेरेल थम्पसन, पूर्व अन्तर्राष्ट्रिय निर्देशक एर्नेस्टो “टीजे” तिजेरिना, पीडीजी रजेन थापा (क्यालिफोर्निया), र जिल्ला गभर्नर राधाकृष्ण काफ्ले ले लायन्स क्लबको विश्वव्यापी प्रभाव र समाजसेवाको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
यसै गरि कार्यक्रममा पूर्व जिल्ला गभर्नर मणिलबाबु श्रेष्ठ (क्यालिफोर्निया), जेम्स वर्गिस, पूर्व काउन्सिल अध्यक्षहरू जोन ईड्स, जोन लान्ड्रम, जो मोंटाग, तथा अन्य अनुभवी लायन्स नेताहरू विशिष्ट अतिथिको रुपमा सहभागि भएका थिए । यस्तै पूर्व जिल्ला गभर्नरहरू प्रकाश गौतम (हालैका पूर्व जिल्ला गभर्नर), इस्मेराल्डा रोड्रिगेज, फ्रेड कोंगर, बिली केटनर, विनोद माथुर, कीथ मरे, डन जोन्सन तथा क्षेत्रीय अध्यक्षहरू थलराज पन्त, डा. निया म्याकके, र जर्ज जोसेफ लगायत जोन अध्यक्षहरू, क्लब अध्यक्षहरू, पूर्व अध्यक्षहरू, अधिकारीहरू, सदस्यहरू, र आमन्त्रित अतिथिहरू पनि उपस्थित थिए ।
कार्यक्रममा डालस ड्यालस बाडिमालिकाका तारामान धामी, डालस हिमालयन स्पोट्र्स क्लबका राजेश अधिकारी, डालस एभरेस्ट वुमेन्स क्लबकी राधा पौडेल अधिकारी र डालस हिमालयन वुमेन्स क्लबकी गंगा बरालले प्रतिबद्धता प्रकट गरेका थिए ।
उक्त अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले लायन्स क्लब र समाज सेवाको महत्वको वारेमा बोल्नु भएको थियो ।  पूर्व क्षेत्रीय अध्यक्ष बीएन पन्तको सन्चालनमा भएको उक्त चार्टर नाईट कार्यक्रममा बालबालिकाहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.