घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
टेक्ससको ड्यालस स्थित फार्मस ब्रान्च सिटीका मेयर टेरी लेनले बिश्वको सर्बोच्च शिखर सगरमाथाको आधार शिबिरसम्म पुग्ने ईच्छा ब्यक्त गरेका छन् ।
फार्मस ब्रान्च सिटीले शनिबार हिस्टोरिकल पार्कमा आयोजना गरेको शनिबार आयोजना गरेको “मल्टी कल्चरल ईभेन्ट” मा नेपाल बुथको अवलोकन गर्दै मेयर टेरीले सगरमाथाका आधार शिबिर लगायतका पर्यटकीय स्थल घुम्ने बताएका हुन । मैले नेपालमा रहेका दर्जनौं धार्मिक ऐतिहासिक र पर्यटकीय स्थलको बारेमा सुनेको र पढेको पनि छु । म आफै समय मिलायर नेपाल भ्रमण गर्ने योजना बनाउँदै छु, मेयर टेरीले बताए ।
फार्मस ब्रान्च सिटीले आयोजना गरेको “मल्टी कल्चरल ईभेन्ट” मा नेपालको सहभागिता भएकोमा मेयर टेरीले खुशी ब्यक्त गर्दै धन्यवाद पनि दिए ।
फार्मस ब्रान्च सिटीले आयोजना गरेको “मल्टी कल्चरल ईभेन्ट” मा गैरआवासीय नेपाली संघ अमेरिका टेक्सस च्याप्टरले नेपाल सम्बन्धि बुथ राखेको थियो । फार्मस ब्रान्च सिटीले हरेक बर्ष आयोजना गर्ने “मल्टी कल्चरल ईभेन्ट” मा गैरआवासीय नेपाली संघ अमेरिका टेक्सस च्याप्टरले दोस्रो पटक सहभागिता जनाएको हो ।
हामीले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यले “मल्टी कल्चरल ईभेन्ट” मा सहभागिता जनाएको गैरआवासीय नेपाली संघ टेक्ससले जनाएको छ । “मल्टी कल्चरल ईभेन्ट” मा राखिएको नेपाल बुथमा नेपालका पर्यटकीय स्थलको फोटो, जानकारीमूलक सामग्री, नेपालको पहिचान झल्किने पोशाकहरु, बिभिन्न बाजाहरु प्रदर्शनमा राखिएको गैरआवासीय नेपाली संघ टेक्ससका अध्यक्ष दीपेन्द्र गुरागाईले बताए ।
“मल्टी कल्चरल ईभेन्ट” मा बिभिन्न देशका ४० भन्दा बढी बुथ राखिएका थिए । नेपाल बुथमा राखिएको प्रदर्शनीले सहभागिहरुको ध्यान खिचेको थियो । नेपाल सम्बन्धि बुथमा टेक्ससमा रहेका नेपाली समुदायका अगुवाहरु, सामाजिक अभियन्ताहरुको सहभागिता रहेको गैरआवासीय नेपाली संघ टेक्ससले जनाएको छ ।