ड्यालसमा हप्तै पिच्छे “पिकनिक”

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिका नेपालबाट सोचे भन्दा भिन्न छ । यहाँ काम नगर्ने हो भने बिहान बेलुका हातमुख जोर्न कठिन छ । त्यसैले यहाँ बस्ने काम गर्ने उमेर समुहका मानिसहरु काममा व्यस्त हुन्छन । साथीभाई, टोलछिमेकमा संगै बसेर कुराकानी गर्ने र खानपिन गर्ने त बिशेष अबसर जुर्नै पर्दछ ।
टेक्ससको ड्यालस क्षेत्र नेपाली समुदायको बाक्लो बसोवास रहेको क्षेत्र मानिन्छ । यहाँ नेपाली समुदायका जातीय तथा क्षेत्रीय स्तरमा करिब १ सय संस्थाहरु सकृय रहेका छन । नेपाली समुदायका संस्थाहरुले छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध र सामाजिकीकरण गर्दै नेपाली समुदायलाई नेपालको झल्को मेटाउने काममा सहयो गर्दैै आएका छन ।
अहिले गर्मी मौसम भएकाले नेपाली समुदायका बिभिन्न संस्थाहरुले बनभोज कार्यक्रम आयोजना गरिरहेका छन । ड्यालसका बिभिन्न पार्कहरुमा हप्तै पिच्छे नेपालीहरुका पिकनिक कार्यक्रम आयोजना भईरहेका छन ।
गत शनिबार सुदूरपश्चिम नेपाली समाज टेक्ससले ड्यालसको लुईजभिलमा बृहत बनभोज कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष गगन केसीले बताए । नेपाली नयाँ बर्ष सुदूरपश्चिम क्षेत्रमा बिसु पर्बका रुपमा मनाईने गरिन्छ । बिसु पर्बको अवसर पारेर सुदूरपश्चिमेलीहरुको जमघट गराई बनभोज कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । बनभोज कार्यक्रमा सुदूरपश्चिमेलीहरु सुदूरपश्चिमको प्रमुख संस्कृति डेउडामा छमछमी नाचेका थिए ।
यसैगरि लुम्बिनी सेवा समाज अमेरिकाले पनि नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर गत आईतबार शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको जनाएको छ ।
युलेशको वियर क्रिक पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा लुम्बिनीबासीहरु, नेपाली समाज टेक्सास, नेपाली संस्कृतिक तथा आध्यात्मिक केन्द्र, गैर आवासीय नेपाली संघ समन्वय परिषद अमेरिका लगायत नेपाली समुदायका बिभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकाहरुको पनि उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली नयाँ बर्ष तथा आमाको मुख हेर्ने दिनको अवसर शुभकामना आदान प्रदान गरिनुका साथै बिबिध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोकप्रिय गायक भिम चापागाईं लगायतका कलाकारहरुको बिबिध प्रस्तुती पन्चेबाजाको प्रस्तुतीले कार्यक्रम संगीतमय भएको थियो ।
लुम्बिनी सेवा समाज अमेरिकाले लुम्बिनी क्षेत्रमा मनाईने प्रमुख चाडपर्बहरु महत्वका साथ मनाउनुका साथै अमेरिका तथा लुम्बिनी क्षेत्रमा बिबिन्न कार्यक्रम गर्दै आएको समाजका अध्यक्ष जगदिश प्रसाद न्यौपानले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.