नेजाको नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा

घण्टेश्वर अनलाईन
लसभेगस, अमेरिका
यही शनिबार देखि शुरु हुने नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशनको सबै तयारी पूरा भएको छ । अधिबेशनका कन्भेनर रोशन अधिकारीका अनुसार मे १० र ११, २०२५ मा नेभाडा राज्यको लस भेगस शहरमा हुने नेजाको नवौं अधिबेशनको लागि सबै व्यवस्थापनका कामहरु सम्पन्न भएका छन ।
नवौं अधिबेशनको उद्घाटनको लागि प्रमुख अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लसभेगस आईसक्नु भएको छ । अधिबेशनको उद्घाटन कार्यक्रममा ८१ जना प्रतिनिधिहरु तथा अन्य अतिथीहरु, पर्यबेक्षक गरि २ सय जनाको सहभागिता रहने नेजाका महासचिब बाबुराम दाहालले जानकारी दिनु भयो ।
अधिबेशनको उद्घाटन कार्यक्रममा नेजाको वार्षिक प्रकाशन ‘प्रयास’ को बिमोचन तथा बिभिन्न पत्रकारिता सम्मान तथा पत्रकारिता पुरस्कार बितरण गरिने नेजालै जनाएको छ । नेजाको नवौं अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।
नेभाडा राज्यको लसभेगस शहरमा हुने नेजाको अधिबेशनले समुदाय र मिडिया बिचको सहकार्य अझ बढ्ने बिश्वास लिईएको एनआरएनए नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.