घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
टेक्ससको ड्यालस (अर्भिङ) मा शनिबार आयोजना गरिएको स्वास्थ्य मेलाबाट ३ सय ५० जना नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
टेक्ससको ड्यालस क्षेत्रमा सकृय बिभिन्न लायन्स क्लबहरुको सहयोगमा नेपाली समाज टेक्ससको स्वास्थ्य बिभागद्वारा आयोजना गरिएको स्वास्थ्य मेलामा ३ सय ५० जना नेपालीहरुको दाँत तथा आँखा परीक्षण तथा परामर्श दिईएको थियो ।
पर्यटन भिसामा अमेरिका आउनु भएका तथा स्वास्थ्य बिमा नभएका नेपालीहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले दाँत तथा आँखा परीक्षण शिबिर आयोजना गरिएको नेपाली समाज टेक्ससकी स्वास्थ्य बिभाग प्रमुख राधिका खरालले जानकारी दिईन् ।
समुदायको माग र आबश्यकता अनुसार स्वास्थ्य, दाँत तथा आँखा शिबिर आयोजना गरिएको नेपाली समाज टेक्ससले जनाएकोछ । नेपालबाट छोटो अबधिका लागि अमेरिका आएका, स्वास्थ्य बिमा नभएका तथा न्यून आए भएका नेपालीहरु नेपाली समाज टेक्ससद्वारा आयोजना गरिएका स्वास्थ्य शिबिरबाट लाभान्वित हुने गरेको स्वास्थ्य बिभाग संयोजक खरालले बताईन् ।