अमेरिकामा रहेका मधेशी समुदायले “मधेश पार्क” बनाउने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिकामा रहेका मधेशी समुदायले मधेश पार्क बनाउन पहल शुरु गरेका छन । मधेशी एशोसियन ईन अमेरिका (माँ) को पहलमा मधेश पार्क निर्माण गर्न अभियान शुरु गरिएको हो । अमेरिकामा मधेशी पहिचान झल्काउन निर्माण गर्न लागिएको मधेश पार्कको कार्य योजना समेत निर्माण भईसकेको छ ।
मधेश पार्क निर्माण कार्ययोजनाको उद्घाटन आईतबार अमेरिकाको भर्जिनियामा हुन लागेको मधेशी एशोसियन ईन अमेरिका (माँ) को चौथो महाधिबेशनमा गरिने छ । मधेश पार्क निर्माणको लागि बिभिन्न राज्यमा सम्भावनाहरु पहिचान गर्ने काम भईरहेको सो संस्थाले जनाएको छ ।
मधेश प्रदेशको झल्को आउने गरि पार्क निर्माण गर्न लागिएको माँ संस्थाका अध्यक्ष डा. संगीत रौनियारले बताए । मधेश पार्कमा प्रबेश गर्ने जो कोहीलाई पनि मधेश प्रदेशको अनुभूति हुने छ । मधेश पार्क परिसरमा निर्माण हुने भवनमा मधेशी कला संस्कृतिहरु, ईतिहास झल्किने सामग्रीहरु राखिने मधेशी अगुवाहरु बताउँछन ।
अमेरिकामा रहेका मधेशीहरुको सहयोग र सहभागितामा पार्क निर्माण गरिने छ । पार्क निर्माणको लागि मधेशी एशोसियन ईन अमेरिका (माँ) को भर्जिनियामा हुने चौथो महाधिबेशनको दिन आर्थिक संकलन अभियानको शुभारम्भ हुने छ ।
पार्क निर्माणको लागि १ हजार डलर तिरेर संस्थापक सदस्यता लिन सकिने छ । तर महाधिबेशन उद्घाटनको दिन १ सय डलर तिरेर संस्थापक सदस्यता प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको माँ सँस्थाका अध्यक्ष डा. संगीत रौनियारले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.