ओएनएफ अमेरिकाको चौथो अधिवेशनको अन्तिम तयारी पूरा

घण्टेश्वर अनलाइन
ड्यालस, अमेरिका

यही मे ३१ देखि टेक्सासको ड्यालसमा सुरु हुने प्रवासी नेपाली मञ्च अमेरिकाको दुईदिने चौथो अधिवेशनको अन्तिम तयारी पूरा भएको छ।

ड्यालसको अर्भिङस्थित हिल्टन होटलमा हुने अधिवेशनको उद्घाटन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले मे ३१ का दिन दिउँसो २ बजे गर्नुहुनेछ।

अधिवेशनमा अमेरिकाका विभिन्न राज्य समिति बाट २३५ जना प्रतिनिधि र ११ जना पर्यवेक्षकको सहभागिता रहने मूल व्यवस्थापन समितिका संयोजक गोकर्ण दाहालले जानकारी दिनुभयो।

चौथो अधिवेशनको व्यवस्थापन मूल व्यवस्थापन समिति र टेक्सास राज्य समितिले संयुक्त रूपमा गरेका छन्।

अधिवेशनमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकहरूका लागि ड्यालसको अर्भिङस्थित हिल्टन होटलमा आवासको व्यवस्था गरिएको छ भने नजिकैको ‘भेटघाट रेस्टुरेन्ट’ मा खानाको व्यवस्था मिलाइएको टेक्सास राज्य समितिका अध्यक्ष राजु नेपालले जानकारी दिनुभयो।

अमेरिकी कानुनअन्तर्गत दर्ता भएको सामाजिक संस्था भएकाले प्रवासी नेपाली मञ्च अमेरिकाको यसपटकको अधिवेशनमा नेपालबाट कुनै पनि अतिथिलाई आमन्त्रण नगरिएको मञ्चले जनाएको छ।

प्रवासी नेपाली मञ्च अमेरिकाले अधिवेशनको उद्घाटन कार्यक्रममा विज्ञहरूलाई आमन्त्रण गरेर विभिन्न व्यवसाय तथा पछिल्लो अमेरिकी कानुनका विषयमा आफ्ना सदस्यहरूलाई जानकारी दिने कार्यक्रमसमेत तय गरेको छ।

Leave A Reply

Your email address will not be published.