घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सास राज्यमा रहेका अगुवा महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरुले महिला मुक्तिको लागि पूर्बाग्रह भन्दा माथी उठ्नु पर्ने कुरामा जोड दिएका छन ।
अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर नेपाली समाज टेक्सासद्धारा आज Curry Leaf Restuarant अर्भिङको सभाकक्षमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा सहभागिहरुले महिलाहरु हरेक क्षेत्रमा सशक्त भएमा मात्र महिला मुक्ति सम्भव भएकाले हरेक निकायले पूर्बाग्रह भन्दा माथी उठेर महिलाका सवालमा काम गर्नु पर्ने बताएका थिए ।
महिला अधिकारकर्मी तथा अभियन्ता डा. माया उपाध्यायको सभापतित्व तथा नेपाली समाज टेक्सासका महिला सँयोजक गुन्जन भण्डारीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी रहनु भएकी Texas House of Representative का सदस्य टेर्री मिजाले आफु पनि महिला भएकाले नेपाली मूलका महिलाको सशक्तिकरणको लागि आफु सधै साथमा रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली समाज टेक्सासले महिलाका सवाललाई उच्च् प्राथमिकता दिएको बताउदै समाजले महिलाका सवालमा काम गर्नका लागि छुट्टै महिला समिति गठन गरेको जानकारी दिनु भयो । नेपाली समाज टेक्सासले निर्माण गर्न लागेको वार्षिक नीति तथा कार्यक्रममा महिलाका सवाललाई प्राथमिकताका साथ समेटिने अध्यक्ष वाग्लेले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा टेक्सासमा रहेका नेपाली मूलका महिलाको सशक्तिकरणको विविध पक्षको वारेमा महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता शारदा अधिकारी, उमा कार्मी, सिर्जना शर्मा र यमुना भट्राईले विषयगत रुपमा मन्तब्य राख्नु भएको थियो । छलफलमा भाग लिदै अगुवा महिला ईन्दिरा अर्याल, गौरी न्यौपाने, श्रृष्टि शर्मा, बबिना खड्का र मिना क्षेत्री लगायतले टेक्सासमा नेपाली मूलका महिलाहरुका लागि दर्जनौ अबसर रहेको तर अवसर सम्म पुग्नका लागि आबश्यक सीप, दक्षता र सशक्तिकरणको खाँचो रहेकाले त्यसका लागि महिलाहरुलाई सहयोगको खाँचो रहेको कुरामा जोड दिएका थिए । कार्यक्रमको सहजिकरण महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, शोनस्या थापाले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई समाजका महिला सदस्य शान्ता गिरीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा टेक्सासमा रहेका बिभिन्न सँघसँस्थाका प्रतिनीधिहरु, अगुवा महिलाहरु, पत्रकारहरु तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।