अमेरिकाको टेक्ससमा अमेरिकन नेपाली राप्ती समाज गठन

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
टेक्ससको बिभिन्न क्षेत्रमा बसोवास गर्ने राप्तीबासीहरुको टेक्ससको अस्टिनमा आईतबार सम्पन्न भेलाले अमेरिकन नेपाली राप्ती समाज गठन गरेको छ । टेक्ससमा बसोवास गर्ने राप्तीबासीहरु संगठित भई एकआपसमा एकता, सहयोग र भातृत्वको भावना अभिबृद्धि गर्ने उद्देश्यले समाज स्थापना गरिएको राप्तीबासीहरुले बताएका छन ।
आईतबार सम्पन्न भेलाले समाजको अध्यक्षमा डिबी रावत, उपाध्यक्षमा मोहन कुसारी र सर्मिला थापा खनाल, महासचिबमा सामना देवकोटा र कोषाध्यक्षमा बिर्खबहादुर खत्री चयन भएका छन ।
यसैगरि सदस्यमा निम भारती, सुजन बुढाथोकी, लिला डाँगी, बिर्ख बस्याल, लक्ष्मण रोका, र कमल बुढाथोकी रहनु भएको समाजले जनाएको छ । अन्य पदाधिकारी सदस्यहरु समाजको बैठक बसी पदपूर्ति गरिने अध्यक्ष डिबी रावतले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.