ड्यालसमा पहिलो पटक अन्तर राज्यस्तरीय भलिवल प्रतियोगिता हुने

१६ टिमको सहभागिता, प्रथम हुनेलाई ८ हजार डलर पुरस्कार

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस 

टेक्सस राज्यको प्रमुख सहर ड्यालसमा पहिलोपटक अन्तरराज्यीय स्तरको ‘एनएसटी कप भलिवल प्रतियोगिता’ आयोजना हुन लागेको छ। नेपाली समाज टेक्ससको आयोजनामा यही जुलाई १९ र २० तारिखमा हुने प्रतियोगितामा विभिन्न राज्यका १६ वटा टिमले सहभागिता जनाउने तयारी गरेका छन्।

नेपाली समाज टेक्ससका महासचिव विजय भुसालका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ८ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई ५ हजार डलर र तेस्रो हुने टिमलाई २ हजार डलर नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने नेपाली समाज टेक्ससका महासचिब बिजय भुसालले जानकारी दिनु भयो ।

प्रतियोगिता सम्बन्धी तयारी र जानकारी दिन सोमबार युलेशस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा खेलाडी टिमका प्रतिनिधि र आयोजकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।
उक्त कार्यक्रममा प्रतियोगिताका नियम, सञ्चालन विधि, र सुरक्षाका उपायबारे जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधिहरू, खेलाडीहरू र नेपाली समाज टेक्ससका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाली समाज टेक्ससले विगतदेखि नै नेपाली समुदायका युवाहरूलाई खेलकुदप्रति आकर्षित गराउन विशेष खेल विभाग गठन गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

महासचिव भुसालका अनुसार समाजले स्थानीयस्तरमा गर्दै आएका खेलकुद गतिविधिहरूलाई थप विस्तार गरी पहिलोपटक अन्तरराज्यीय प्रतियोगिता आयोजना गरिएको हो। उनले प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिँदै जाने जानकारी दिए।

Leave A Reply

Your email address will not be published.