बीडीए टेक्ससले सेप्टेम्बर ६ मा राज्य सम्मेलन गर्ने

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस

ब्लड डोनर्स अफ अमेरिका (बीडीए) टेक्सस च्याप्टरले सेप्टेम्बर ६ मा राज्य सम्मेलन आयोजना गर्ने भएको छ।

स्वेच्छिक रक्तदानलाई प्रोत्साहन गर्दै आएको ब्लड डोनर्स अफ अमेरिका (बीडीए) टेक्सस च्याप्टरले आगामी सेप्टेम्बर ६, शनिबार साँझ ५ बजेदेखि रमाइलो इभेन्ट सेन्टर, नर्थ रिचल्याण्ड हिल्समा सम्मेलन गर्न लागिएको टेक्सस च्याप्टरका अध्यक्ष अजय बगालेले जानकारी दिनुभयो।

राज्य सम्मेलनले रक्तदाता र संस्थागत साझेदारहरूलाई सम्मान गर्ने, प्रशंसा कार्यक्रम सञ्चालन गर्ने र नयाँ नेतृत्व हस्तान्तरण गर्ने योजना रहेको बीडीए टेक्ससले जनाएको छ।

बीडीएको टेक्सस च्याप्टर अमेरिका भरी नै उत्कृष्ट मानिन्छ। बीडीएका कार्यक्रमहरू र योगदानलाई नेपाली समुदायले पनि उच्च मूल्यांकन गरेका छन्। टेक्सस राज्यमा मात्रै करिब १ हजारभन्दा बढी स्वयंसेवक र रक्तदाताहरू आवद्ध रहेको बीडीए टेक्ससलाई नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सले गत अगस्ट ९, २०२५ मा सम्पन्न १०औं वार्षिक गाला समारोहमा “सर्वश्रेष्ठ सामुदायिक सेवा सम्मान” समेत प्रदान गरेको थियो।

ब्लड डोनर्स अफ अमेरिका (बीडीए) टेक्सस च्याप्टरले समुदायका विभिन्न सामाजिक संस्थासँग सहकार्य र समन्वय गर्दै स्वेच्छिक रक्तदान अभियानलाई निरन्तर अगाडि बढाउँदै आएको छ।

Leave A Reply

Your email address will not be published.