घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
सतेन्द्र साह अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ, एनसिसि अमेरिकाका नव नियुक्त प्रवक्ता सन्देश उप्रेतीले संस्थाप्रति गैरआवासीय नेपाली समुदायको विश्वास बढाउन आफूले सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
मंगलबार सन्चारकर्मीहरुसंग कुराकानी गर्दै प्रबक्ता उप्रेतीले पछिल्लो समय समुदायमा संस्था प्रतिको बिश्वास घट्न थालेकाले गैरआवासीय नेपालीका मुद्दाहरु ओझेलमा पर्न नदिनका लागि एकता र बिश्वास बढाउन जरुरी भईसकेको बताए ।
गैरआवासीय नेपाली संघमा लामो समय देखिको बिवादको प्रत्यक्ष असर एनसिसि र च्याप्टरसम्म देखिएको छ । गैरआवासीय नेपाली समुदायका अगुवाहरुले कम्तीमा पनि अमेरिकामा एउटै एनसिसि बनाउन पहल गर्नु पर्ने कुरामा जोड दिए ।
संस्थाप्रति समुदायको विश्वास कायम राख्न पारदर्शिता र जवाफदेहिता अनिवार्य छ । “संस्थाले समुदायका लागि के गर्दैछ भन्ने सही सूचना समुदायले पाउनुपर्छ । आफुले मिडियासँग प्रभावकारी सहकार्य र समन्वय गर्ने योजना बनाएकाले त्यसकालागि सहयोग गर्न नेपाली पत्रकारहरुलाई आग्रह गरे ।
हालै सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिले पहिलो निर्णय गर्दै उप्रेतीलाई प्रवक्ता नियुक्त गरेको थियो । पछिल्लो एक दशकदेखि सामाजिक क्षेत्रमा सकृय रहेका उप्रेती एनआरएनए लगायतका सामाजिक संस्थाहरूसँग आबद्ध रहेका छन ।
नेपाली समाज टेक्ससको पूर्ब महासचिब रहेका उप्रेती सन २०१९–०२१ मा एनआरएनए अमेरिकाको यूथ टाक्स फोर्सको को–चियर, सन २०२१ –०२३ मा यूथ टाक्स फोर्सको चियर रहेर काम गरिसकेका छन ।