घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सास।
नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्व चयनका लागि आगामी डिसेम्बर १३, २०२५ शनिबार का दिन निर्वाचन हुने भएको छ।
नेपाली समाज टेक्सासको निर्वाचन समिति २०२५ ले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै २०२६–२०२७ कार्यकालका लागि हुने निर्वाचनको मिति घोषणा गरेको हो। समितिले मतदान स्थलका रूपमा १२१२ रोयल पार्कवे, युलिस, टेक्सास ७६०४० निर्धारण गरेको छ।
निर्वाचन समितिले समाजको विधानअनुसार सम्पूर्ण प्रक्रिया अगाडि बढाइने बताउँदै, निर्वाचन कार्यक्रम र तालिकासम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिने जनाएको छ।
सूचनाअनुसार, NST विधानको धारा V (Members for Election Purpose) अनुसार सदस्यता बन्द हुने मिति नोभेम्बर १५, २०२५ तोकिएको छ। सो मितिभन्दा अघि समाजको सदस्यता प्राप्त गरेका व्यक्तिहरू मात्र मतदान कार्यक्रममा सहभागी हुन योग्य हुनेछन्।
त्यसैगरी, निर्वाचन NST विधानको धारा VII (Election Committee) अनुसार पूर्ण रूपमा कानूनी प्रावधान र अधिकारसहित सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ।
नेपाली समाज टेक्सासको विधानअनुसार यस निर्वाचनमार्फत अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक, युवा तथा विद्यार्थी संयोजक, खेलकुद संयोजक र सदस्यहरू गरि १६ जना पदाधिकारी सदस्य चयन गरिने जनाइएको छ।
