घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास।
यस वर्षको बडादशैं तथा शुभ दीपावलीको अवसरमा ड्यालसको अर्भिङ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएका छन्। आगामी अक्टोबर १२ तारिख, आइतबार, युलसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC Building) परिसरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था अर्भिङ नेप्लिज सोसाइटी, टेक्सास (INST) ले जनाएको छ।
उक्त कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका (BDA), टेक्सास च्याप्टर को सहकार्यमा आयोजना गर्न लागिएको हो। आयोजक संस्थाले ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई रक्तदान कार्यक्रममार्फत मानवीय सेवामा सहभागी हुन आग्रह गरेको छ।
आयोजकका अनुसार, रक्तदानले तीन जनासम्मको ज्यान बचाउन सक्ने भएकाले सबैलाई सक्दो सहभागिता जनाउन अनुरोध गरिएको छ।