अमेरिका मधेसी समाजको केन्द्र र टेक्सस च्याप्टरमा नयाँ नेतृत्व चयन

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस

अमेरिकामा रहेका मधेसी समुदायको संस्था अमेरिका मधेसी समाजको केन्द्र र टेक्सस च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार ड्यालसको क्यारलटनमा सम्पन्न पाँचौं अधिवेशनले केन्द्रिय समिति र टेक्सस च्याप्टर दुवैमा नयाँ कार्यसमिति गठन गरेको हो।

समाजले जारी गरेको प्रेस विज्ञप्तिअनुसार केन्द्रिय समितिको अध्यक्षमा नितय साह निर्वाचित भएका छन्। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा मुकेश यादव, उपाध्यक्षमा दिनेश यादव, महिला उपाध्यक्षमा चन्द्रिका भगत, महासचिवमा विकास गुप्ता, सह–महासचिवमा मधुसुदन चौधरी र कोषाध्यक्षमा अजय साह चयन भएका छन्।

यसैगरी, केन्द्रको मिडिया तथा आईटी संयोजकमा अजय साह, महिला संयोजकमा किरण अधिकारी र केन्द्रीय सदस्यहरूमा दिलबहादुर राउत, प्रमोदकुमार यादव, भुपाल साह, रोशन यादव, राकेश गुप्ता, सबिता साह र सुजिता चौधरी रहेका छन्।

उक्त अधिवेशनले समाजको टेक्सस च्याप्टरको पनि नयाँ कार्यसमिति गठन गरेको छ। च्याप्टरको अध्यक्षमा रामबाबु गुप्ता, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र चौहान, उपाध्यक्षमा गोबिन्द कानु, महिला उपाध्यक्षमा मनि कर्ण, महासचिवमा बिपिन यादव, सह–महासचिवमा सन्जय यादव र कोषाध्यक्षमा सन्जयकुमार चौधरी निर्वाचित भएका छन्।

त्यस्तै, च्याप्टरको मिडिया तथा आईटी संयोजकमा बब्लु यादव र विद्यार्थी तथा युवा संयोजकमा अजय राम चयन भएका छन्। च्याप्टरका सदस्यहरूमा भुनेश्वर साह, ज्ञानप्रकाश आर्य, हरिओम पटेल, पपुकुमार साह, राधा साह, सोनिका दास र सन्दीप पटेल रहेका छन्।

पाँचौं अधिवेशनले विजयकुमार यादव संयोजक तथा राजेश यादव, नितेस कलवार र मुकेश साह सदस्य रहेको बोर्ड अफ डाइरेक्टर टिम गठन गरेको छ। साथै, अमरनाथ साह, लक्ष्मण कलवार, गौपाल स्वर्णकार, राकेश यादव, हेमन्त झा र देवेन्द्र राय रहेको एक सल्लाहकार समिति पनि चयन गरिएको अमेरिका मधेसी समाजले जनाएको छ। उक्त अधिवेशनको उद्घाटन आइतबार पूर्व संविधानसभा सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य सरला यादवले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.