नेपाली समाज टेक्सस (NST) को निर्वाचन तालिका सार्वजनिक

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस 
आगामी १३ डिसेम्बर २०२५ मा हुने निर्वाचनका लागि नेपाली समाज टेक्सस (NST) निर्वाचन समिति २०२५ ले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।  निर्वाचन समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गर्दै सम्पूर्ण प्रक्रिया र समयसीमाबारे जानकारी गराएको हो।

निर्वाचन समितिअनुसार सदस्यता लिने अन्तिम मिति नोभेम्बर १५, २०२५ राति ११:५९ बजे (CST) तोकिएको छ। प्रारम्भिक मतदाता नामावली नोभेम्बर २१ मा प्रकाशन गरिनेछ भने दाबी तथा सच्याउने समय नोभेम्बर २२ सम्म रहनेछ। अन्तिम मतदाता नामावली नोभेम्बर २३ मा प्रकाशित हुनेछ।

उम्मेदवारी दर्ता नोभेम्बर २४ र २५ का दिन साँझ ४ बजेदेखि ७ बजेसम्म NST निर्वाचन कार्यालय (१२१२ रोयल पार्कवे, युलिस, टेक्सस) मा गर्न सकिनेछ। उम्मेदवार सूची नोभेम्बर २५ मा सार्वजनिक गरिनेछ भने उम्मेदवारी फिर्ता, सच्याउने तथा विरोध गर्ने मिति नोभेम्बर २६ तोकिएको छ। अन्तिम उम्मेदवार सूची नोभेम्बर २७ मा प्रकाशित गरिनेछ।

निर्वाचन डिसेम्बर १३, २०२५ (शनिबार) बिहान ८ बजे देखि बेलुका ७ बजे (CST) सम्म हुने छ।

निर्वाचन समितिले सबै योग्य सदस्यलाई लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। समितिले उम्मेदवारी दर्ता र फिर्ताका लागि उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने वा नोटरीकृत पावर अफ अटर्नी अनिवार्य हुने स्पष्ट पारेको छ।

निर्वाचन समितिमा प्रमुख आयुक्त महेश के. नेपाल, आयुक्त बसु डी. भण्डारी, सदस्य–सचिव बिजय आर. भट्टराई, आयुक्त दिनेश शर्मा, र आयुक्त बेद आर. बस्नेत रहेका छन्।

Leave A Reply

Your email address will not be published.