एनएसटीलाई सबै नेपाली अट्ने साझा घर बनाउनु पर्दछ ः लायन तारामान धामी

ड्यालस, टेक्सस
ड्यालस बडिमालिका लायन्स क्लबका अध्यक्ष तारामान धामीले नेपाली समाज टेक्सस (ल्क्त्) लाई सबै नेपाली अट्ने साझा घरका रूपमा विकास गर्नुपर्ने बताएका छन्। आगामी १३ डिसेम्बर शनिबारका दिन हुने नयाँ नेतृत्वको निर्वाचनमा कार्य समिति सदस्य पदमा उम्मेदवारी दिएका धामीले चुनावी प्रचार–प्रसार अन्तर्गत घर–दैलो अभियानका क्रममा उक्त धारणा राखेका हुन्।
हामी प्रवासमा छौं । प्रवासमा आपत–विपत पर्दा सबैभन्दा पहिले सम्झिने संस्था नै नेपाली समाज टेक्सस हो। एनएसटी हाम्रो अभिभावक संस्था हो, साझा परिवार हो। त्यसैले यस संस्थालाई सबै नेपाली अट्ने साझा घरको रूपमा विकास गर्न योगदान पु¥याउन मैले उम्मेदवारी दिएको हुँ, धामीले भने ।
“समाज सेवा गर्नका लागि ठूलो पद आवश्यक हुँदैन। इच्छाशक्ति र समय व्यवस्थापन हुन सके पर्याप्त हुन्छ।” धामीको भनाई छ ।
उम्मेदवारी दर्तापछि धामीले एनएसटीलाई अझ व्यवस्थित, पारदर्शी र समुदायमुखी संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिगत ३ वर्षदेखि अमेरिका बस्दै आएका धामी नेपालमै रहँदा लायन्स क्लब लगायत विभिन्न सामाजिक संस्थामा सक्रिय रूपमा आवद्ध थिए। काठमाडौँमा व्यवसाय सञ्चालन गर्दै सामाजिक क्षेत्रमा समर्पित उनी अमेरिका आएपछि पनि आफ्नो सेवाभाव निरन्तरता दिँदै आएका छन्।
अमेरिका आएपछि उनी सुदूरपश्चिम नेपाली समाज टेक्सस, डालस बडिमालिका लायन्स क्लब, तथा नेपाली समाज टेक्ससको फाइनान्स टास्क फोर्सका सदस्यका रूपमा रही निरन्तर सामाजिक योगदान दिंदै आएका छन्।
सुदूरपश्चिम क्षेत्रका नेपालीदेखि लिएर नेपालका विभिन्न स्थानबाट टेक्सस आएका विद्यार्थी तथा समुदायका व्यक्तिसम्म जो जो उनको सम्पर्कमा आएका छन ।  धामीले सकेसम्म सहयोग, मार्गदर्शन र सहजीकरण गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.