घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
नेपाली समाज टेक्ससले संस्थाभित्र विभिन्न पदमा मनोनित व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ। एनएसटीको शनिबार सम्पन्न बैठकको निर्णयअनुसार विभिन्न पदहरूमा मनोनयन गरिएको हो। एनएसटीले मनोनित व्यक्तिहरूको नाम र तस्बिरसहितको ब्यानर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।
संस्थामा निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन भइसकेको छ। संस्थाभित्र रिक्त रहेका कार्यसमिति सदस्य पदमा समावेशीता तथा समुदायमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूमध्येबाट तीन जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरिएको छ।
मनोनित हुनेहरूमा समाजसेवीहरू गुप्तराज जोशी, अनिल राजभर र ईश्वर ढकाल रहेको जानकारी नव–नियुक्त प्रवक्ता निलेश श्रेष्ठले दिनुभयो। यसैगरी, विषयगत विज्ञता र अनुभवको आधारमा निलेश श्रेष्ठलाई प्रवक्ता, अञ्जु चुडाललाई विद्यालय संयोजक (स्कुल कोअर्डिनेटर) र पदम भण्डारीलाई सूचना प्रविधि संयोजक (आईटी कोअर्डिनेटर) को जिम्मेवारी दिइएको छ।
यस्तै, निशान्त पोखरेललाई करियर विकास संयोजक पदमा मनोनयन गरिएको नेपाली समाज टेक्ससले जनाएको छ।