
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको फोर्टवर्थ स्थित हासलेट स्थित पार्क बिहिवार होलिमय बन्यो । नेपाली समुदायहरु एकै स्थानमा जम्मा भएर रँग लगाएर होली मनाए । एक आपसमा होलीको शुभकामना आदानप्रदान गरे । बालक देखि बृद्धसम्म सबै होली सम्बन्धि गीतमा नाचे, रमाईलो गरे ।
नेपाली चाडपर्ब आउँदा नरमाइलो लाग्छ नै । तर सबै नेपाली समुदायहरु एकै स्थानमा जम्मा भएर होली मनाउदा आफु नेपालमै बसेर होली मनाएको अनुभूती भयो होली कार्यक्रममा सहभागि राजु रिजालले भने । रिजालका अनुसार होली कार्यक्रममा नेपालका बिभिन्न स्थानका दाजुभाई तथा दिदी बहिनीहरुसँग भेटघाट परिचय भयो । नेपाली चाड पर्बले एक आपसमा सामाजिकिकरण हुनमा सहयोग पुर्याउने भएकाले होली मात्र नभएर बिभिन्न नेपाली चाड पर्ब सामुहिक रुपमा मनाउन आबश्यक छ ।
नेपालमा कानूनी पृष्ठभूमिका भोजराज ऐरको पनि राजु रिजालको जस्तै धारणा रहेको छ । अमेरिकामा जन्मेका र यतै हुर्केका पुस्ताहरु नेपाली भाषा, कला, धर्म सँस्कृतिसँग टाढिदै गएको अवस्थामा यस्ता कार्यक्रमले उनीहरुलाई नेपालसँग जोड्न मद्दत गर्दछ । यस्ता कार्यक्रममा बालक देखि बृद्धसम्म सबैको सहभागिता हुन सक्यो भने नेपाली भाषा, कला सँस्कृतिलाई पुस्तान्तरण गर्न सहयोग पुग्ने ऐर बताउनु हुन्छ ।
हासलेटमा मात्र होईन नेपाली समुदायको बसोवास रहेको टेक्सासका बिभिन्न स्थानमा आउदो आईतबारसम्म होली पर्ब बिभिन्न कार्यक्रमका साथ मनाईने भएको छ । अमेरिकामा होली पर्बको दिन सार्बजनिक बिदा नहुने भएकाले होलीको अघि पछि बिदाको दिन पारेर नेपाली समुदायले होली मनाउने गर्दछन ।
युलेस नेपाली समाज र हिमालय खबर डटकमले संयुक्त रुपमा मार्च १९ तारिक शनिबारका दिन दिउँसो २:०० देखि बेलुका ६:०० बजेसम्म युलेसस्थित बियर क्रिक पार्क (1951 Bear Creek Pkwy, Euless, TX 76039) मा होली कार्यक्रम आयोजना गर्ने भएका छन ।
उक्त कार्यक्रममा सहभागिताका लागि युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेलले युलेस, डालस, फोर्टफोर्थस्थित सबै नेपाली समुदायका दाजुभाई तथा दिदी बहिनीहरु, सामाजिक अभियन्ताहरु। बिभिन्न संस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवी, पत्रकारहरु सबैमा निमन्त्रण सहित अनुरोध गर्नु भएको छ ।
यसै गरि सुदूरपश्चिम नेपाली समाज टेक्सासले पनि ग्रेपभाईन स्थित Oak Grove Park पार्कमा आउदो शनिबार होली कार्यक्रम आयोजना गर्ने भएको छ । होली कार्यक्रममा सुदूरपश्चिम घर भएका तथा अन्य ईच्छुक सबैलाई होली कार्यक्रममा सहभागिताको लागि समाजका अध्यक्ष नवराज नाथले अनुरोध गर्नु भएको छ । होली कार्यक्रममा रँग सहित होली खेल्ने, शुभकामना आदान प्रदान गर्ने, सुदूरपश्चिममा प्रसिद्ध होली गीत गाएरहोली खेल्ने, बिभिन्न डेउडा कार्यक्रम र वालवालिकाका लागि पनि कार्यक्रम आयोजना गरिने समाजले जनाएको छ ।
नेपाली समाज टेक्सासले बिभिन्न सँस्थाहरुसँग सहकार्य गरेर मैत्रीपूर्ण भलिवल प्रतियोगिता सहित होली कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाली समाज टेक्सासका मिडियो सँयोजक पुण्य पाण्डेका अनुसार आईतबार मार्च २० मा ग्रेपभाइन लेक – trawick pravilion grapevine Texas 76051 मा होली कार्यक्रम र नेपस्टार क्लब अफ डि.एफ. डब्ल्यु सँग मिलेर 1212 Kynette Dr Euless TX 76040 मा मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना गरिने छ ।
यस्तै ग्रेटर अस्टिन नेपाली समाज अस्टिन टेक्सासले पनि मार्च १९ गते शनिबारका दिन समाजको सामुदायिक केन्द्र भवन ( 1251 Co Rd 138, Hutto, TX 78634) मा आयोजना गरिने होली कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा सहभागिताका लागि अस्टिनमा रहेका बिभिन्न सामुदायिक संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ताहरु, व्यवसायी, पत्रकार, नेपालीको संस्कृतिप्रति आस्था र चासो राख्ने ब्यक्तिहरु, नेपाली समुदायका बुबा–आमा, दाजु–भाइ, दिदी–बहिनीहरुमा अनुरोध गरिएको अध्यक्ष भोजराज भट्टले बताउनु भयो ।