Prem

स्थानीय तह निर्बाचनमा नेकपा(एमाले) ले घर घरसम्म नेता कार्यकर्ता खटाउने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
स्थानीय तहको निर्बाचनको समय नजिकिदै जाँदा राजनीतिक दलहरु निर्बाचनको तयारीमा जुटेका छन । अहिले राजनीतिक दलहरुले आफ्ना नेता कार्यकर्ताहरुलाई गाउँगाउँ बस्तीबस्ती सम्म परिचालन गरिरहेका छन ।
यसै सन्दर्भमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्ना नेता कार्यकर्ताहरुलाई मतदाताको घरघर खटाउने भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्बाचनमा पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई एक तह मुनिको भूगोलमा खटिन निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कमिटीको काठमाण्डौंमा जारी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्ताहरुलाई खटिनु पर्ने स्थान किटान गरेरै तोकेका छन् । अध्यक्ष ओलीले पेश गरेको प्रतिबेदन अनुसार भूगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफू सम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुनु पर्नेछ ।
त्यस्तै प्रदेश कमिटीका सबै सदस्यहरु आफु जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदिस्यहरु आफ्नो वडामा गएर खटिनुपर्नेछ ।
वडा कमिटीका सबै सदस्यहरु आफू रहेको टोलमा खटिनुपर्नेछ भने टोल कमिटीका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुनुपर्ने अध्यक्षको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यसै गरि विदेशमा रहेका मतदाता तथा समर्थकलाई स्वदेश फर्किन आह्वान गर्ने र सम्पर्क मन्चहरुमा आबद्ध नेता कार्यकर्ता आ आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुन भनिएको छ ।
निर्वाचन परिचालनका लागि पालिका र वडास्तरमा तत्काल निर्वाचन परिचालन तथा प्रचार कार्यालय स्थापना गरेर निर्बाचनको काममा खटिन ओलीले प्रतिबेदन मार्फत निर्देशन दिएका छन् ।

Leave A Reply

Your email address will not be published.