पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा छुटे

घण्टेश्वर अनलाईन
काठमाण्डौं
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आज बिहीवार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताउनुभयो ।

अर्का प्रतिवादी कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट सात जना कानुन व्यवसायीले बहस गरेका थिए ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

Leave A Reply

Your email address will not be published.