बेरुजु भएका प्रतिनिधीहरुले स्थानीय निर्बाचन उम्मेदवार बन्न नपाउने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा उम्मेदवार हुने प्रतिनिधीले अनिबार्य रुपमा बेरुजु फर्छौट गरेको हुनुपर्ने भएको छ । छ । उम्मेदवारमाथि छानबिन गर्दा बेरुजु पाइए उम्मेदवारी रद्दसमेत हुन सक्ने निर्बाचन आयोगले जनाएको छ ।
उम्मेदवार माथि बेरुजु रहेको स्थानीय व्यक्तिले प्रमाणका साथ उजुरी दिए पछि निर्वाचन अधिकृतले छानबिन गर्दा बेरुजु पाइएमा त्यस्ता उम्मेदवारको उम्मेदवारी रद्द हुन सक्ने निर्बाचन आयोगका प्रबक्ता सूर्यप्रसाद अर्यालले बिहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
निर्वाचन आचारसंहितामा नै उक्त कुरा उल्लेख गरिएको हुनाले निर्वाचित भइसकेका व्यक्तिको हकमा पनि पछि छानबिन गर्दा बेरुजु ठहर भएमा जितेको अवस्थामा पनि पद जान सक्ने आयोगले जनाएको छ । निर्बाचनमा उम्मेदवार हुन चाहने प्रतिनिधीहरुले बेरुजु भएमा फरफारक गरेर मात्र उम्मेदवारी मनोनयन दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.