
घण्टेश्वर अनलाईन
सिलगढी
निर्बाचन आयोगले आगामी २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्बाचन सम्पन्न गराउनको लागि डोटी जिल्लाको मुख्य निर्बाचन अधिकृतको रुपमा डोटी जिल्ला अदालतका माननीय न्यायाधिश बिदुर काफ्लेलाई तोकेको छ । मुख्य निर्बाचन अधिकृत काफ्लेलाई दिपायल सिलगढी नगरपालिकाको निर्बाचन सम्पन्न गराउने समेत जिम्मेवारी तोकिएको छ ।
यसैगरि निर्बाचन आयोगका अनुसार डोटीको आदर्श गाउँ पालिकाको लागि शिक्षा तालीम केन्द्र दिपायलका अधिकृत दशौं तह दुर्गादत्त बिष्ट, के आईसिंह गाउँपालिकाको लागि पुनरावेदन अदालत दिपायलका उप रजिष्टार सीता रेग्मी, जोरायल गाउँ पालिकाको लागि शहरी बिकास मन्त्रालय काठमाण्डौंका उप सचिब टीकाराम ढकाल, पूर्बिचौकी गाउँ पालिकाको लागि उच्च सरकारी वकील कार्यालय दिपायलका उप न्यायाधिबक्ता प्रकाशबहादुर भण्डारीलाई निर्बाचन अधिकृतको रुपमा तोकिएको छन ।
यसै गरि अन्य निर्बाचन अधिकृतहरुमा क्रमस बडिकेदार गाउँ पालिकाको लागि सँघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय काठमाण्डौंका उप सचिब बसन्तबहादुर बोहरा, बोगटान फुड्सिल गाउँपालिकाको लागि जिल्ला सरकारी वकील कार्यालय डोटीका जिल्ला न्यायाधिबक्ता नरेन्द्र देवकोटा, सायल गाउँ पालिकाको लागि सामाजिक बिकास मन्त्रालय धनगढीका उप सचिब गगनदेब भट्ट र शिखर नगर पालिकाको लागि लोक सेवा आयोग दिपायलका उप सचिब बिष्णु पौडेल रहनु भएको निर्बाचन आयोगद्वारा जारी सूचनामा उल्लेख छ । सबै मुख्य तथा निर्बाचन अधिकृतहरुको नियुक्ति २०७८ चैत्र २९ गते देखि लागु हुने समेत सूचनामा जनार्ईएको छ ।