घण्टेश्वर अनलाईन
धनगढी कैलाली
सुदूरपश्चिम प्रदेशसभा सचिवालयको सचिवमा डोटीका देवबहादुर बोगटी नियुक्त भएका छन् । तीन महिनादेखि रिक्त रहेको प्रदेशसभा सचिवालयको सचिव पदमा प्रदेश सरकारले शुक्रबार मात्र बोगटीलाई नियुक्त गरेको हो । नेपाल प्रहरी अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक बोगटीको जन्मघर डोटी शिखर नगरपालिका वडा नम्बर २ मुडेगाउँ हो ।
बोगटीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहणगरी सचिव पदको जिम्मेवारी लिएका छन् । उनलाई सभामुख अर्जुनबहादुर थापाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
यसअघि नागरिकतामा जन्म मितिको विवादमा मुछिएका प्रदेश सचिव रामसिंह धामीले पदबाट राजीनामा दिएका थिए । सभामुख थापाले उनको राजीनामा पत्र स्वीकृत गरेपनि प्रदेश सभा सचिवालयको सचिब पद बिगत ३ महिना देखि रिक्त रहेको थियो ।