घण्टेश्वर अनलाईन
ड्यालस टेक्सास
टेक्सासमा रहेका नेपाली समुदायका तीन वटा सँस्थाहरुद्वारा भोली नोभेम्बर २४ तारेखका दिन ड्यालसमा सामुदायिक रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । ब्लड डोनर्स अफ अमेरिकासँगको समन्वय र सहकार्यमा प्रवासी नेपाली मन्च टेक्सास, लुम्बिनी सेवा समाज अमेरिका ड्यालसमा रहेका बिभिन्न लायन्स क्लबहरुको सहभागितामा डिस्ट्रिक 2–X1 ले सामुदायिक रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हुन ।
आयोजकहरुले दिएको जानकारी अनुसार लुम्बिनी सेवा समाज अमेरिकाले नेपाली मन्दिर युलेशमा, प्रवासी नेपाली मन्च टेक्सासले ठमेल बियर गार्डेन युलेश तथा लायन्स क्लबहरुले अर्भिङ्गमा छुट्टा छुट्टै रुपमा रक्तदान कार्यक्रम सन्चालन हुने छ ।
एकआपसमा समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गरिएकाले आफुलाई पायक पर्ने स्थानमा रक्तदान गर्न सकिने आयोजकले स्पष्ट पारेका छन । यो मानविय कार्य हो । रक्तदान कार्यक्रममा सहभागि भएर रक्तदान गर्न सबैलाई आयोजकहरुले अनुरोध समेत गरेका छन । कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी आयोजकको फ्लायरमा उल्लेख गरिएको छ ।


