अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

घण्टेश्वर अनलाईन

ड्यालस, टेक्सस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य (सांसद) मनीष झा अमेरिका भ्रमणका क्रममा आज फ्लोरिडा आइपुगेका छन्। उहाँको भ्रमणका अवसरमा प्रवास नेपाली सम्पर्क समिति–अमेरिका ले विभिन्न राज्यमा आयोजना हुने भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको प्रारम्भिक तालिका सार्वजनिक गरेको छ।

समितिका अनुसार सांसद झाले अमेरिका भ्रमणका क्रममा विभिन्न राज्यमा रहेका नेपाली समुदायसँग भेटघाट गर्दै प्रवासी नेपालीका सरोकार, नेपालसँगको सम्बन्ध, समसामयिक राजनीतिक विषय, लगानी, पर्यटन प्रवर्द्धन तथा प्रवासी नेपालीहरूको भूमिका लगायतका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

सार्वजनिक कार्यक्रमअनुसार सांसद झा जुलाई ४ मा टेक्सस आइपुग्नेछन्। त्यसको भोलिपल्ट जुलाई ५ (आइतबार) प्रवास नेपाली सम्पर्क समिति–अमेरिकाको टेक्सस च्याप्टर को आयोजनामा ड्यालसमा नेपाली समुदायसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

आयोजकका अनुसार उक्त कार्यक्रममा सांसद झाले प्रवासी नेपाली समुदायका समस्या, नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उपाय, वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन तथा नेपालको समसामयिक राजनीतिक अवस्थाबारे आफ्ना धारणा राख्नुका साथै सहभागीहरूसँग खुला संवाद गर्नेछन्।

कार्यक्रममा स्थानीय नेपाली समुदाय, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको प्रवास नेपाली सम्पर्क समिति–अमेरिकाको टेक्सस च्याप्टरका संयोजक चन्द्रकान्त उपाध्यायले जानकारी दिएका छन्।

यसैगरी, सांसद झाले जुलाई ८ मा भर्जिनिया र जुलाई ११ मा न्युयोर्क/न्युजर्सी मा पनि नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ

Leave A Reply

Your email address will not be published.