कबिराम डाँगी
जोरायल, डोटी
सुदूरपश्चिम प्रदेशको मौलिक गौरा पर्ब शुरु भएको छ । सुदूरपश्चिमेलीले गौरादेबीलाई धुमधामका साथ भित्र्याएका छन । यतिखेर सुदूरपश्चिमका गाउँबस्तीहरु गौरामय बनेका छन । गौरा पर्ब शुुरु भएसँगै गाउँघरमा रौनकता छाएको छ ।
डोटी जिल्लाको जोरायल गाउँपालिकाका ६ वटै वडामा गौरादेबीलाई धुमधामका साथ भित्र्याईएको छ । गौरा पर्ब हाम्रो धार्मिक एवं सांस्कृतिक एबँ मौलिक पर्ब महत्वका गौरा पर्ब सुदूरपश्चिमको मौलिक पर्ब भएकाले यसलाई धुमधामका साथ उत्सवका रुपमा मनाउनका लागि वडाबासीलाई आग्रह गरिएको जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो ।
अध्यक्ष ओझाका अनुसार जोरायल गाउँपालिकाको वडा नं. १ को खार बडाखेत, वडा नं. २ को बुडर, वडा नंं ३ को सेलागाउँ, वडा नं. ४ को गोल्ला, फलेडी वडा नं. ५ को गड्सेराको बिभिन्न स्थान र वडा नं. ६ को गुनड लगायतका स्थानमा गौरा पर्ब धुमधामका साथ मनाउने गरिन्छ ।
गौरा पर्बको अवसरमा कामको लागि घर बाहिर गएकाहरु पनि घर फर्केका छन । जोरायलका गाउँबस्तीहरुमा गौराका खेलहरु लागिरहेका छन । साथमा सुदूरपश्चिमको प्रसिद्ध डेउडा खेल पनि भईरहेका छन । गाउँबस्तीमा आयोजना भईरहेका गौरा कार्यक्रमलाई शान्तिपूर्ण बनाउनका लागि स्थानीय निकाय तथा प्रहरी प्रशासनको तर्फबाट सहयोग र समन्वय भईरहेको जोरायल गाउा पालिका वडा नं. ३ का वडा अध्यक्ष नविन ओझाले जानकारी दिनु भयो ।
भाद्र कृष्ण पञ्चमी तिथिबाट शुरू हुने यो पर्वको पहिलो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा दलहन) भिजाइन्छ । जसका लागि गौरा थापना हुने मुख्य घरमा छुट्टाछुट्टै घरबाट ल्याईएका पाँच प्रकारका अन्न तथा दलहन भिजाइने गरिन्छ ।
घण्टेश्वरका पण्डित ईश्वरीदत्त भट्टका अनुसार पञ्चमी तिथीमा भिजाइने बिरुडालाई षष्ठी तिथीका दिन पखालेर पूजा गरिन्छ र प्रसाद तथा अक्षताका रुपमा प्रयोग गरिन्छ । विधिअनुसार नै सप्तमीका दिन गौरालाई खेतबाट गौराघर तथा मन्दिरसम्म भित्र्याईन्छ । सप्तमीका दिन साउँ (धान रोपेको खेतमा पाइने एक प्रकारको वनस्पति) सँगै गर्जो, तितेपाती, बलुलगायतका वनस्पतिबाट पार्वतीको प्रतिकको रुपमा गौराको मूर्ति बनाएर गौरालाई गौरा घर वा मन्दिरमा भित्र्याउने चलन छ ।
अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ । त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका गीतका साथमा नचाइने गरिन्छ । सप्तमीमा भित्र्याईएको गौरा प्रतिकलाई कम्तीमा पाँच रातसम्म राख्ने गरिन्छ ।
यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले पतिको दीर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । यस पर्वमा महिलाले एक वर्षका लागि ‘दुब–धागो’ (धागोमा सात गाँठा बनाएको एक प्रकारको महिलाले लगाउने माला) लगाउने चलन छ ।
फायल फोटो र भिडियो