न्यूयोर्कमा “नेपाल डे परेड कार्यक्रम” को प्रमुख आकर्षण ः सुदूरपश्चिमेली सँस्कृति

घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका सुदूरपश्चिमेलीहरुले आईतबार आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा आफ्नो पहिचान झल्काउने सँस्कृतिको प्रदर्शन गरेका छन । सहभागिहरुका अनुसार सुदूरपश्चिमेली सँस्कृति नेपाल डे परेड कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो । हरेक बर्ष मे महिनाको तेश्रो आइृतबार आयोजना गरिने नेपाल डे परेड कार्यक्रममा सुदूरपश्मिेलीहरुले सुदूरपश्चिमको प्रमुख सँस्कृतिका रुपमा डेउडा, छलिया, हुड्के, गौरा नृत्य तथा दाहिना दमाउ बाजा प्रदर्शन गरिएको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका अध्यक्ष रामबहादुर देउवाले बताउनु भयो ।
नेपाल डे परेड कार्यक्रममा छलिया नाँचको नेतृत्व गणेशप्रसाद ओझा तथा गौरा माता, दाहिना दमाउ बाजा र डेउडा नृत्यको नेतृत्व समाजका महासचिब राईभान महराले गरेका थिए । सो अवसरमा सुदूर पश्चिमका खप्तड, बडिमालिका, रामारोशन, शुक्लाफाँटा, अपि हिमाल, उग्रतारा, शैलेश्वरी, त्रिपुरा सुन्दरी, घोडाघोडी, कर्णाली नदीको पुल लगायत सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्यहरुका तस्वीरहरु, सुदूरपश्चिमको पहिचान झल्काउने भेषभुषाले सजाइएको ट्रकले म्यानह्याटन ३८ स्टिट म्याडेसनदेखि २३ स्ट्रिटको म्याडिसन परिक्रमा गरेको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले जनाएको छ ।
गैरआवासिय नेपाली सँघ अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा भएको नेपाल डे परेडमा नेपालका ७ वटै प्रदेशका संस्कृति, पहिचान र भेषभुषा झल्काउने झाँकी प्रदर्शन गरिएका थिए । न्यूयोर्कको म्यानह्याटन ३८ स्टिट म्याडिसन एभिन्युबाट शुरु भएको परेड २३ स्ट्रिटको म्याडिसनमा समापन भएको थियो ।


Leave A Reply

Your email address will not be published.