टेक्सासको ड्यालसमा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

घण्टेश्वर अनलाईन
काठमाण्डौं
अमेरिकाको टेक्सासमा रहेका नेपाली समुदायले टेक्सासको ड्यालसमा नेपाल सरकारको कन्सुलर सेवा कार्यालय स्थापना गर्न नेपाल सरकारसँग माग गरेका छन ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक ज्ञापन पत्र बुझाउदै कन्सुलर कार्यालय स्थापनाको लागि ध्यानाकर्षण गराएको हो ।
नेपाली समाज टेक्सासले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले टेक्सासको ड्यालसमा कन्सुलर कार्यालय स्थापनाको लागि आफु सकारात्मक रहेको बताएको अध्यक्ष वाग्लेले घण्टेश्वर अनलाईनलाई जानकारी दिनु भयो ।
उक्त अवसरमा ज्ञापन पत्र बुझाउदै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बिभिन्न तथ्याँकका अनुसार अमेरिकाको टेक्सासमा एक लाख बढी नेपालीहरुको बसोवास रहेको तर नेपाल सरकारको कन्सुलर सेवा पासपोर्ट सेवा, भिसा सेवा, Travel Document, NRNA Card, मन्जुरीनामा आदी सेवा  लिनका लागि वासिङटन डिसि जानु पर्ने बाध्यता रहेकाले बताउनु भयो ।
अमेरिका स्थित नेपाली दूताबासले पनि टेक्सासको ड्यालस क्षेत्रमा कन्सुलर कार्यालयको आबश्यकता महसुस गर्दै आएको बताउदै अध्यक्ष वाग्लेले ड्यालस क्षेत्रमा कन्सुलर कार्यालय स्थापना भएमा टेक्सास राज्यका अतिरिक्त नजिकका राज्यमा बसोवास गर्ने नेपाली समुदायले फाईदा लिन सक्ने जानकारी गराउनु भयो ।

नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलमा नेपाली एशोसियसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतम, नेपाली समाज टेक्सासका बरिष्ठ उपाध्यक्ष बिबेक कँडेल, पूर्ब सल्लाहकार राजु सुबेदी, नेपाली समाज टेक्सास ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल पशुपति तिम्सिना लगायतको सहभागिता रहेको थियो ।
टेक्सासको ड्यालसमा कन्सुलर कार्यालय स्थापनाको लागि नेपाली समुदायले बिगत लामो समय देखि अमेरिका स्थित नेपाली दूतावाससँग पैरवी गर्दै आईरहेका छन । पछिल्लो समय टेक्सास राज्यको प्रमुख ठूला शहर अस्टिन, ह्युस्टन र ड्यालस क्षेत्रमा नेपालीहरुको बसोवास बाक्लो बन्दै गईरहेको छ ।

Leave A Reply

Your email address will not be published.