नेपालप्रति सकारात्मक सन्देश प्रवाह गर्न प्रवासी नेपालीहरुलाई एमाले महासचिब पोखरेलको आग्रह

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाल कम्युनिष्ट पार्टी(एमाले) का महासचिब तथा लुम्बिनी प्रदेशका सँस्थापक मुख्यमन्त्री शँकर पोखरेलले नेपालप्रति निरशा होईन, नेपाल बन्दैछ भन्ने सन्देश प्रवाह गर्न प्रवासी नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।

प्रवासी नेपाली मन्च टेक्सास राज्य समितिद्वारा सोमबार युलेशमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा बोल्दै महासचिब पोखरेलले नेपाल प्रति प्रवासमा निराशाको बिषयमात्र उठान गरिएकोमा असन्तुष्टि जनाउदै नेपालमा राजनैतिक अस्थितरताका कारण अपेक्षित उपलब्धी हुन नसके पनि निराश नै भई हाल्नुपर्ने अवस्था नभएको जिकिर गर्नु भयो ।
प्रवासी नेपाली मन्च टेक्सास राज्य समितिका अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता तथा उप सचिब सब्दिता प्याकुरेलको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै पोखरेलले नेपालमा राजनैतिक रुपमा नसकेपछि अदालतलाई प्रयोग गरेर भएपनि अस्थिरता निम्त्याईएकोले राष्ट्रमा बलियो राजनैतिक शक्ति निर्माण नभएसम्म अस्थिरता अन्त्य नहुने ठोकुवा गर्नु भयो ।
राष्ट्रपतिबाट हालै प्रमाणिकरण भएको नागरिकता बिधेयकको प्रसँङ्ग निकाल्दै महासचिब पोखरेलले गैरआवासिय नेपालीलाई अधिकार दिने कुरामा कुनै विवाद नभएको बताउनु भयो । अहिलेको नागरिकता बिधेयकमा रहेका कतिपय सवालमा एमालेको असहमती रहकोले नयाँ सँसदमा छलफल गरेर टुङ्गो लगाउनु पर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नु भयो ।

लुम्बिनी प्रदेशका पूर्ब मुख्यमन्त्री समेत रहेका एमाले महासचिब पोखरेलले नजिवनको उत्तरार्धमा जो कोहीले पनि आफ्नो मातृभूमि, र आफ्नो समाज रोज्ने भएकाले मातृभूमिमा आफ्नो कमाईको केही अँश उत्पादनका क्षेत्रमा लगानी लगाउन प्रवासी नेपालीहरुलाई सल्लाह दिनु भयो ।
अन्तरकृया कार्यक्रममा एक प्रसङ्गमा पोखरेलले राजनैतिक दलहरु हरेक ५ बर्षमा अद्याबधिक गर्ने भएकाले पुराना नहुने दावी गर्नु भयो । को नयाँ को दल पुरानो भन्ने सवाल राजनैतिक दलले अबलम्बन गर्ने नीति, बिचार, कार्यक्रम र दृष्टिकोणको आधारमा बहसको बिषय बनाईनु पर्ने उहाँको भनाई थियो ।
यसै गरि अर्को अतिथी बक्ता नेकपा(एमाले( पोलिटब्युरो सदस्य सजिता शाक्यले बर्तमान नेपाली महिलाको अवस्थाको वारेमा जानकारी गराउदै महिला आन्दोलनबाट प्राप्त उपलब्धीलाई सँस्थागत गर्दै थप अधिकारको सँघर्ष जारी राख्नु पर्ने बिचार ब्यक्त गर्नु भयो ।
एमाले नेतृ शाक्यले समानुपातिक प्रणाली मार्फत महिलाहरु नीति निर्माण तहमा पुग्न सफल हुनुलाई एक चरणको सफलता मान्न सकिएपनि पूर्ण रुपमा सन्तुष्ट भईहाल्नु पर्ने अवस्था नरहेको धारणा ब्यक्त गर्नु भयो । प्रत्यक्ष निर्बाचनमा पनि राजनैतिक दलले स्थानीय, प्रदेश र सँघमा महिलाहरुलाई उम्मेदवार बनाउनु पर्ने प्रमुख सवाल महिला आन्दोलनको मुद्दा बनाउनु पर्ने शाक्यको भनाई थियो ।
उक्त कार्यक्रममा टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका प्रवासी नेपाल मन्चसँग आबद्ध पदाधिकारी सदस्यहरु, अन्य बिभिन्न सँस्थाहरुसँग आबद्ध प्रतिनिधिहरु पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एएनएका अध्यक्ष बिजय भट्टराईले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो भने प्रवासी नेपाली मन्चका जीवन जोशीले स्वागत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.