अमेरिकामा एनआरएनए निर्बाचन ः मेरिल्याण्डको बाल्टिमोरमा एनसिसि प्रेसिडेन्सियल बहस हुने

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्बाचनको सन्दर्भमा मेरिल्याण्डको बाल्टिमोरमा प्रेसिडेन्सियल बहस कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकासँगको सहकार्यमा यही जूलाई १६ आईतबारको दिन प्रेसिडेन्सियल बहस कार्यक्रम आयोजना गर्न लागेको हो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा प्रत्यासी डा. अर्जुन बन्जाडे र डिलुराम पराजुली सँगको बहस कार्यक्रममा करिब ३ सय जनाको सहभागिता हुने नेजाका अध्यक्ष सुरज भण्डारीले जानकारी दिनु भयो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचन समितिले उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेपछि उक्त कार्यक्रम मेरिल्याण्डको बाल्टिमोरमा आयोजना गर्न लागिएको नेजाले जनाएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको निर्बाचनका सन्दर्भमा बिगत केही बर्ष यता नेपाल अमेरिका पत्रकार सँघ (नेजा) ले नेतृत्वका प्रत्यासीहरुलाई एकै थलोमा उभ्याएर बहस कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा सहभागि गैरआवासीय नेपाली, सामाजिक अभियन्ताहरु, पत्रकारहरुले नेतृत्वका आकाँक्षीहरुलाई तपाईहरुलाई अध्यक्ष पदमा किन भोट दिने ? तपाई अध्यक्ष पदमा निर्बाचित भई सकेपछि गैरअवासीय नेपाली सँघमा राष्ट्रिय समन्वय परिषदमा के परिबर्तन गर्नु हुन्छ ? गैरआवासीय नेपालीहरुका लागि तपाईका प्रतिबद्धताहरु केके छन ? जस्ता प्रश्नहरु सोध्ने गर्दछन ।
उक्त बहस कार्यक्रम बाल्टिमोरमा रहेको होलिडे इन एक्सप्रेस (Holiday Inn Express Towson#1100 Cromwell Bridge Rd, Towson, MD 21286)  मा जुलाई १६, आइतबार अपराह्न २ देखि ५ बजेसम्म सञ्चालन हुने समेत नेजाले जनाएको छ ।
बहस कार्यक्रममा सहभागी हुन आउने सहभागिहरुले बस्नको लागि बहस कार्यक्रम हुने होटलमा सम्पर्क गरी सहुलियत दरमा कोठा बुक गर्न सक्ने नेपाल अमेरिका पत्रकार सँघका महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको नयाँ नेतृत्वको लागि यही जूलाई २२ र २३ गते निर्बाचन हुँदै छ ।

Leave A Reply

Your email address will not be published.