अमेरिकाको मासाच्युसेट्स राज्य स्थित बोस्टन शहरमा ‘नेपाल महोत्सब’ आयोजना हुने 

All time tax

घण्टेश्वर अनलाईन

टेक्सास अमेरिका

अमेरिकाको मासाच्युसेट्स राज्य स्थित बोस्टन शहरमा बसोवास गर्ने नेपाली समुदायले ‘नेपाल महोत्सब’ आयोजना गर्ने भएका छन । उक्त नेपाल महोत्सबको तयारी तिब्र रुपमा भईरहेको आयोजक सँस्थाहरुले जानकारी दिएका छन ।

बोस्टन स्थित नेपाली समुदायहरुको संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय र एभरेट सिटीको सँयुक्त आयोजनामा आगामी अगष्ट महिनाको ६ तारेख आइतवारका दिन बिभिन्न कार्यक्रमका साथ नेपाल महोत्सब आयोजना गर्न लागेको हो । आयोजकका अनुसार नेपाल महोत्सब दिउसो १२ बजे देखि बेलुकी ६ बजे सम्म एभरेट सिटी स्थित ग्लेन्डल पार्कमा (Glendale Park) मा सन्चालन गरिने छ ।

नेपाल महोत्सबको माध्यमबाट नेपाली समुदाय बीचको आपसी एकतालाई सुदृढ बनाउने र नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सब आयोजना गर्न लागिएको हो । नेपाली पहिचान, कला सँस्कृति, पोशाक तथा नेपाली खाद्य परिकारको प्रदर्शनी गरि नेपालको झल्को दिने गरि महोत्सब आयोजना गर्न लागिएको ग्रेटर बोस्टन नेपाली समुदायका उपाध्यक्ष सन्दिप भट्टराईले जानकारी दिनु भयो ।

उपाध्यक्ष भट्टराईका अनुसार कार्यक्रममा नेपालका चर्चित तथा स्थानीय कलाकारहरुले बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै नेपालीपन तथा पहिचान झल्काउने स्टलहरुको पनि राखिने छ । नेपाल महोत्सब कार्यक्रमलाई व्यवस्थापन गर्नको लागि संस्थाका सचिव सोनाम शेर्पाको संयोजकत्वमा कार्यक्रम आयोजक समिति पनि निर्माण गरिएको आयोजक सँस्थाहरुले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.