टेक्सासको युलेशमा बृहत रक्तदान कार्यक्रम आयोजना हुने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको युलेशमा  यही अगष्ट २६ तारेख शनिबारका दिन बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । ड्यालस फोर्टवर्थ क्षेत्र मै पहिलो पटक हुन लागेको बृहत रक्तदान कार्यक्रमको सिटी अफ युलेश, नेपाली समाज टेक्सास तथा ब्लड डोनर्स अफ अमेरिकाले सँयोजन गर्ने छन भने रक्तदान कार्यक्रम ड्यालस फोर्टवर्थ क्षेत्रमा कृयाशिल सँघ सँस्थाको सहयोग र सहभागिता रहने छ ।
नेपाली समाज टेक्सासको २५ औं स्थापना दिवस समेतको अवसर पारी रक्तदान कार्यक्रमलाई बृहत रुपमा आयोजना गर्न लागिएको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो ।   युलेश सिटी लाईव्रेरीको सभाकक्षमा  बिहान १० बजे आयोजना हुने रक्तदान कार्यक्रममा नेपाली समुदायलाई रक्तदानको महत्वको वारेमा समेत जानकारी दिईने नेपाली समाज टेक्सासले जनाएको छ ।
बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने सन्दर्भमा शनिबार अभिङको करि लिफ रेष्टुरेन्टमा तयारी बैठकको आयोजना गरियो । ब्लड डोनर्स अफ अमेरिकाको आयोजनामा भएको तयारी बैठकमा ड्यालस फोर्टवर्थ क्षेत्रका बिभिन्न नेपाली समुदायका सँस्थाका प्रतिनिधिहरु, सामाजिक अगुवाहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।
बैठकमा बृहत रक्तदान कार्यक्रमको व्यवस्थापन, प्रचार प्रसाार तथा सहभागिताको वारेमा छलफल गरिएको ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.