एनआरएनए टेक्सस च्याप्टरको पद हस्तान्तरण कार्यक्रम अगष्ट १३ तारेखमा आयोजना हुने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गैर आवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिका अन्तरगत टेक्सस च्याप्टरका नयाँ निर्बाचित पदाधिकारीहरुको पद तथा गोपनियताको सपथ कार्यक्रम अगष्ट १३ तारेखमा हुने भएको छ । सोही कार्यक्रममा पद हस्तान्तरण पनि गरिने टेक्सास च्याप्टरले जनाएको छ ।
उक्त कार्यक्रममा टेक्सस च्याप्टरको (२०२१–२०२३ ) को पुरानो कार्य समिती बिदाई तथा नयाँ निर्बाचित कार्य समिति (२०२३–२०२५) को स्वागत गर्ने कार्यक्रम रहेको नव निर्बाचित सचिब निश्चल चापागाईले जानकारी दिनु भयो ।
सचिब निश्चल चापागाईका अनुसार एनआरएनए अमेरिका टेक्सास च्याप्टरको पहिलो अनौपचारिक बैठकले च्याप्टरमा मनोनित गर्नुपर्ने सल्लाहकार, टास्क फोर्स र क्षेत्रगत हिसाबमा मनोनयन गर्नुपर्ने महिला सँंयोजकको पदलाईपनि पद हस्तान्तरण पश्चातको पहिलो बैठकबाट गर्ने निर्णय गरिएको छ ।
सो कार्यक्रम युलेश स्थित गोर्खा बार एण्ड ग्रिल, 1060 N Main Street  Euless, टेक्सासमा बेलुकी ५ः०० बजे आयोजना हुने टेक्सास च्याप्टरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.