घण्टेश्वर अनलाईन
अर्लिङटन, टेक्सास
साउथ एशियन रिपब्लिकन क्लबले ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका दक्षिण एशियाली समुदायलाई रिपब्लिकन पार्टीको वारेमा जानकारी गराएको छ । क्लबद्वारा अर्लिङटन स्थित गल्फ सेन्टरमा शुक्रबार आयोजना गरिएको “मिट एण्ड ग्रिट” कार्यक्रममा साउथ एशियन रिपब्लिकन क्लबका अध्यक्ष देबीडेभिड आचार्य तथा रिपव्लिकन पार्टीका स्थानीय नेताहरुले रिपब्लिकन पार्टीको उद्देश्य, निती तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
दक्षिण एशियाली समुदायलाई रिपब्लिकन पार्टीको घोषित निती तथा कार्यक्रमको वारेमा जानकारी गराएर आगामी निर्बाचनमा जनमत बृद्धि गर्नमा सहयोग पुर्याउने उद्देश्यले मिट एण्ड ग्रिट कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा उपस्थित सहभागिहरुलाई स्वागत गर्दै साउथ एशियन रिपब्लिकन क्लबका अध्यक्ष आचार्यले रिपब्लिकन पार्टी देश तथा सिमान्तकृत जनताको पक्षमा बढी प्रगतिशिल रहेकाले दक्षिण एशियाली समुदाय रिपब्लिकन पार्टीको समर्थनमा रहेको बताउनु भयो ।
कार्यक्रममा ट्रम्प प्रशासनका पूर्ब वरिष्ठ सल्लाहकार एरिक महरुम, आगामी निर्बाचनमा टेक्सासबाट युएस हाउस अफ रिप्रजेन्टेटिभका उम्मेदवार जोन ओसे, टेक्सास फेड्ररल जजका उम्मेदवार विलियम, टेक्सास अल्पसँख्यक समुदायको अध्यक्ष स्टेनली कोफर लगायतका बक्ताहरुले राम्रो संघ सिर्जना गर्ने, न्याय स्थापना गर्ने, घरमा शान्ति सुनिश्चित गर्ने, देशको रक्षा गर्ने, सामान्य कल्याणको प्रबद्र्धन गर्ने र वर्तमान र भविष्यका पुस्ताहरूका लागि स्वतन्त्रता सुरक्षित गर्ने कार्य रिपब्लिकन पार्टीबाट मात्र सम्भव हुने बिचार व्यक्त गर्नु भएको थियो
उक्त मिट एण्ड ग्रिट (भेटघाट तथा अभिवादन) कार्यक्रममा दक्षिण एशियाली बिभिन्न देशबाट ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने दक्षिण एशियाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन सामाजिक अभियन्ता अनु तामाङले गर्नु भएको थियो ।