घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
लुम्बिनी सेवा समाज अमेरिकाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन पुन ः जगदिशप्रसाद न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नेतृत्व चयन गर्दै टेक्सासको हस्र्टमा शनिबार सम्पन्न भएको छ ।
समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष सरिता शर्मा, महासचिव युधिष्ठिर नेपाल, सचिव टंक अधिकारी, कोषाध्यक्ष दिपक भण्डारी, सह कोषाध्यक्ष रमेश ज्ञवाली रहेका छन ।
यसै गरि समाजको महिला संयोजकमा राधिका खरेल, साँस्कृतिक संयोजकमा मुना खरेल, युवा तथा खेलकुद संयोजकमा लक्ष्मण थापा तथा सदस्यहरुमा क्रमस ः बिनोद भट्टाराई, धु्रब ज्ञवाली, सुदन खत्री, हरि न्यौपाने सर्वसम्मत निर्वाचित भएका समाजले जनाएको छ ।ं
समाजका अध्यक्ष जगदिशप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा समाजका आजीवन सदस्यहरुः नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एभरेष्ट फेडरल क्रेडिट युनियनका अध्यक्ष मोहन ज्ञवाली, गैर आवासीय नेपाली संघ समन्वय परिषद अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेलाई सम्मान गरिएको थियो ।
तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले विधान समितिका संयोजक दिपक भण्डारी द्वारा प्रस्तुत समाजको विधान सँशोधनको प्रस्ताब, महासचिव युधिष्ठिर नेपालद्वारा बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष टंक अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित पारित गरिएको समाजले जनाएको छ ।
युलेस सिटीका सिटी काउंसिल मेम्बर टिका पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा गैर आवासीय नेपाली सँघ, अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष दिपेन्द्र गुरागाईं, पूर्व अध्यक्ष उत्तम लामिछाने, सचिव निश्चल चापागाईं, ब्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष शिव काफ्ले, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एभरेष्ट फेडरल क्रेडिट युनियनका अध्यक्ष मोहन ज्ञवाली, नेपाली समाज टेक्सासका उपाध्यक्ष जनक भण्डारी, पत्रकार किशन रेग्मी, समाजका सल्लाहकार सुरेश बस्याल आजीवन सदस्यहरु मिना अधिकारी, सुर्य थापा लगायतका बक्ताहरुले शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा समाजका कलाकारहरुले आकर्षक साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै पन्चे बाजा प्रस्तुत गरिएको थियो ।