घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल इन्टरनेसनल (एचडिएनपी, अन्तर्राष्ट्रिय) का प्रमुख देवी डेभिड आचार्य सम्मानित भएका छन् ।
टेक्सासको ड्यालसमा आयोजना गरिएको छुट्टा छुट्टै कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो । आचार्यले बिगत एक दशक अघिदेखि ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका होमलेस (घरवार बिहिन) हरुको लागि गर्दै आएको कामको मुल्याँकन गर्दै सम्मान गरिएको आयोजना सँस्थाले जनाएका छन ।
आईतबार ड्यालसमा आयोजना गरिएको फेसन सो विथ स्टार कार्यक्रममा आचार्यलाई दि सस्टिभ डिलवर्थ अवार्डबाट सम्मान गरिएको थियो । यसै गरि अर्भिङमा शनिबार आयोजना गरिएको गाला कार्यक्रममा आचार्यलाई नेपाल अमेरिकन चेम्बर अफ कमर्श टेक्सासले कमल शर्मा अवार्ड प्रदान गरेको थियो ।
सन २०१२ मा सामाजिक अभियन्ता आचार्यले टेक्ससको आर्लिंगटनमा हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्रिय (एचडिएनपी इन्टरनेसनल ) नामक सामाजिक सँस्था स्थापना गरेका थिए ।
एचडिएनपी इन्टरनेसनलले स्थापना कालदेखि सँस्थामा कोष बृद्धि गरेर ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका घरबारबिहिन, अशक्तहलाई खाना खुवाउने, न्यानो लुगा बितरण गर्ने, त्रैमासिक रक्तदान कार्यक्रम जस्ता कार्यक्रम गर्दै आएको छ ।