घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा बर्तमान कोषाध्यक्ष सुनिल साहले उम्मेदवारी दिने भएका छन ।
कोषाध्यक्ष साहले सोमबार सामाजिक सन्जाल मार्फत आफु गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदका लागि उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन ।
साथीभाई तथा अग्रजहरुको सरसल्लाह तथा सुझावको आधारमा आफु आसन्न अन्तराष्ट्रिय समन्वय परिषदको निर्बाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयमा पुगेको भन्दै कोषाध्यक्ष साहले सामाजिक सन्जाल मार्फत जानकारी समेत गराएका छन ।
बिगत दशक अघिदेखि नै एनआरएनए अभियानमा लागेका साहसँग गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको टास्क फोर्स, सल्लाहकार, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष समेत भई काम गरिसकेको अनुभव रहेको छ ।
हाल गैरआवासीय नेपाली सँघ अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष रहेका साहले सँस्थामा पारदर्शीता, बिश्वसनियता कायम गर्दैे सँस्थाको छविलाई थप उचाईमा पुर्याउने कुरालाई प्रमुख रुपमा अगाडी सारेका छन । नेपाली नागरिकताको निरन्तरताको सवाललाई साहले बिगत लामो समय देखि उठाउदै आएका छन ।