टेक्सासको अर्भिङमा बृहत तिज ः छमछमी नाचे प्रवासी महिलाहरु

घण्टेश्वर अनलाईन
अर्भिङ, टेक्सास
“नाच्ने हो, गाउने हो
कमाउनेनी हो, रमाउनेनी हो”
शनिबार बेलुकी करिब ७ बजेको थियो । ड्यालसको अर्भिङ स्थित ओकर्नर ईभेन्ट्स सेन्टरको सभाकक्ष एकाएक रँगीन बन्यो । रातो सारीमा सजिएर आएका नेपाली महिलाहरु तिज गीतमा छमछमी नाच्न हतार देखिन्थे ।
नेपाली समाज टेक्सास र ईन्द्रेणी साँस्कृतिक सँघद्वारा आयोजना गरिएको बृहत तिज कार्यक्रममा सहभागी सयौं नेपाली महिलाहरु एकै ठाउँमा जम्मा भएर धित मरिन्जेल तिज गीतमा नाचे । एक आपसमा दुःखसुख साटासाट गरे । रमाईलो गरे ।
उसो त टेक्सासका नेपाली समुदायको बाक्लो बसोबास रहेका हरेक बस्तीमा दैनिक जसो तिज कार्यक्रम भई रहन्छन । नेपाली समुदायका बिभिन्न सँस्थाहरुले पनि तिज कार्यक्रम आयोजना गरिरहेका छन । तर नेपाली समाज टेक्सास र ईन्द्रेणी साँस्कृतिक सँघले हरेक बर्ष नेपाली महिलाहरुलाई एकै स्थानमा जम्मा गराएर बृहत तिज कार्यक्रम आयोजना गर्दै आएको छ ।
हामी दूरीको हिसावले नजिकै बसोवास भएपनि अमेरिकाको व्यस्त जीवनशैलीका कारण एकआपसमा भेटघाट हुन यस्तै अवसर जुर्नु पर्दछ । हिन्दु नारीहरुको साँस्कृतिक पर्ब तिज पर्बले हामी सबैलाई एकताको मालामा जोडेको छ, अगुवा महिला तथा नेपाली समाज टेक्सासकी सदस्य शान्ता गिरीले बताईन । बृहत तिज कार्यक्रममा सहभागि भएका महिलाहरुले तिज कार्यक्रममा दर्जनौं दिदी बहिनीहरुसँग चिनजान भएको, सुखदुःख साटासाट भएको र मातृभूमि प्रतिको न्यास्रो केहीहद सम्म भएपनि मेटिएको प्रतिकृया दिएका थिए ।
बृहत तिज कार्यक्रममा प्रस्तुत गरिएका अधिकाँश रेकर्डेड तिज गीतहरु सन्देशमूलक नै थिए । गीतमा विदेशको व्यस्त जीवन, नेपाली घरपरिवार, छरछिमेकसँगको बिछोड, नेपाली चाडवाड प्रतिको मायासँग सम्बन्धित थिए । तिज कार्यक्रममा बिभिन्न उमेर समूहका महिलाहरुको छुट्टै छुट्टै प्रस्तुती थियो ।
कार्यक्रममा सहभागि महिलाहरुलाई स्वागत गर्दै आयोजक सँस्था नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले प्रवासमा नेपाली सँस्कृतिको सँरक्षण र सम्बद्र्धन गर्ने दायित्व पनि हामी सबैको भएको बताउनु भयो ।
अध्यक्ष वाग्लेले नेपाली साँस्कृतिक चाडपर्बले एकताबद्ध बनाउदै भावनात्मक रुपमा जोड्ने भएकाले नयाँ पुस्तालाई नेपालसँग जोड्न र पुस्तान्तरण गर्न तिज कार्यक्रम आयोजना गर्न आबश्यक भएको कुरामा जोड दिनु भयो ।
यसैगरि ईन्द्रेणी साँस्कृतिक सँघका अध्यक्ष नेत्र पाण्डे, नेपाली साँस्कृतिक तथ अध्यात्मिक केन्द्रका अध्यक्ष सीता सापकोटा र डा मुक्ति अर्यालले पनि तिज पर्बको महत्वको वारेमा बोल्नु भएको थियो ।
उक्त अवसरमा डा. मुक्ति अर्यालद्वारा रचना गरिएको तिज गीतको पनि बिमोचन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.