टेक्सासको युलेशमा अर्घाखाँचीबासीहरुको बनभोज कार्यक्रम सम्पन्न

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
तीजको अवसरपारी अमेरिकामा रहेका अर्घाखाँचीबासीहरुले शनिबार टेक्सासको युलेशमा बृहत भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना गरेका छन । अर्घाखाँचीबासीहरुको एकता र सामाजिक सद्भावमा बृद्धि गर्ने उद्देश्यले अर्घाखाँची सेवा समाज अमेरिकाद्वारा बृहत भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।
युलेशको भिलेज अफ बेयरक्रिक पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा आयोजना बिभिन्न तीज गीत लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैरआवासीय नेपाली संघ, आईसीसीका महासचिब गौरीराज जोशीले गैरआवासीय नेपाली अभियानमा अर्घाखाँचीबासीहरुको नेतृत्वदायी र महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नु भयो ।
यसैगरि अर्को अतिथी बक्ता गैरआवासीय नेपाली सँघ, आईसीसीका कोषाध्यक्ष सुनिल साहले नेपालीका लागि नेपाली भन्ने सन्देश दिन नेपाली बीचमा बिद्यमान एकता र सामाजिक सद्भावलाई दिगो बनाउनु पर्ने बिचार व्यक्त गर्नु भयो ।
सँस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता तथा दिपु भुषालको सँचालनमा सम्पन्न सो कार्यक्रममा बोल्दै अर्का अतिथी बक्ता गैरआवासीय नेपाली सँघ, एनसीसीका अध्यक्ष डा. अर्जुन बन्जाडेले अर्घाखाँचीबासीहरुले आयोजना गरेको बृहत भेटघाट तथा बनभोज कार्यक्रमले सामाजिक एकता र सद्भाव फैलाउन महत्वपूर्ण सन्देश दिएको धारणा व्यक्त गर्नु भयो ।
उत्त कार्यक्रममा गैरआवासीय नेपाली संघ एनसीसीका क्षेत्रीय संयोजक आरसी पोखरेल, प्रो. डा. केशब भट्टराई, जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्की, नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेती, संस्थाका नेत्रबन्धु पोखरेल, सामाजिक अभियन्ता मोहन ज्ञवाली लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यमा रहेका अर्घाखाँचीबासीहरु, टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका सामाजिक अगुवाहरु, पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त अवसरमा बिभिन्न माध्यमबाट सामाजिक क्षेत्रमा योगदान दिने बिभिन्न नेपाली समुदायका अगुवालाई टेक्सासका हाउस अफ रिप्रजेन्टेटिभ सलमान भोजानीको सचिवालयबाट प्रदान गरिएको प्रशँसा पत्र बितरण गरिउको थियो ।

Leave A Reply

Your email address will not be published.