अर्घाखाँची सेवा समाज अमेरिकामा नयाँ नेतृत्व चयन

कुलदिप बिसी
युलेश, टेक्सास
अर्घाखाँची सेवा समाज अमेरिकाको शनिबार टेक्सासको युलेशमा सम्पन्न साधारण सभाबाट डा. केशब भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।
शनिबार चयन गरिएको नयाँ नेतृत्वमा बरिष्ठ उपाध्यक्षहरुमा बालकृष्ण घिमिरे, उपाध्यक्षहरुमा दिपु भुषाल(अमेरिका) र हेमराज पाण्डे(क्यानाडा), महासचिबमा अरुण भट्टराई र कोषाध्यक्षमा ऋषि अधिकारी रहेका छन ।
यसैगरि सदस्यहरुमा क्रमस ः छबि पाण्डे, हरी घिमिरे, बिश्वास भुषाल, सुबास बन्जाडे, भिम रायमाझी, डा. देबेन्द्र बन्जाडे, नारायण पाण्डे र भोजराज भाटक्षेत्री रहेको समाजले जनाएको छ ।
अर्घाखाँची सेवा समाज अमेरिकाद्वारा शनिबार टेक्सासको युलेशमा आयोजना गरिएको बृहत बनभोज तथा भेटघाट कार्यक्रमको अवसरमा साधारण सभा पनि सम्पन्न गरिएको थियो ।
साधारण सभामा प्रस्तुत गरिएको आर्थिक तथा प्रगति प्रतिबेदन पनि छलफल सहित पारित गरिएको सो सँस्थाका कार्य समिति सदस्य बिश्वास भुषालले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.