अमेरिकाको न्यूयोर्कमा रहेका राप्तीबासीहरुले तीज पर्ब धुमधामका सँग मनाए

All time tax

सन्तोष शर्मा
न्यूयोर्क अमेरिका
“तीज” शब्द ले जो कोही नेपालीलाई आकर्षित गर्ने गर्दछ । नेपाली समुदायको प्रमुख साँस्कृतिक पर्ब भएकाले पनि तीज सबैले मन पराउँछन । भौतिक रुपमा जो जहाँ भएपनि तीज भन्ने बित्तिक्कै हुरुक्क हुने गर्दछन ।
अमेरिकाको न्यूयोर्कमा रहेका साविकको राप्ती अन्चलबासीहरुले पनि यस बर्षको तीज पर्ब धुमधामका साथ मनाएका छन । तीजको अवसरमा गत सोमबार न्यूयोर्कको जोया हलमा राप्तीबासीहरुले तीज बिशेष कार्यक्रमको आयोजना गरि रमाईलो गरे ।
राप्ती समाज न्यूयोर्कको आयोजनामा भएको तीज कार्यक्रममा राप्तीबासी नेपाली चेलीहरुले एकै स्थानमा जम्मा भएर तीज गीतमा छमछमी नाचेका थिए । उक्त तीज कार्यक्रममा राप्तीको पहिचान झल्कने मादल, बाँसुरी लोकवाजाको धुनले कार्यक्रम सङ्गतिमय बनेको थियो ।
राप्ती समाजका अध्यक्ष केशब बस्नेतको अध्यक्षता तथा महासचिब कृष्ण खड्काको सन्चालनमा सम्पन्न कार्यक्रममा राप्ती समाजका सल्लाहकार बिकास बिष्ट, एनआरएनए न्युयोर्क च्याप्टर उपाध्यक्ष लक्ष्मी थापा, सचिब राजु तामाङ, तामाङ्ग समाजका बरिष्ठ उपाध्यक्ष शान्ता तामाङ, बिनोद सुबेदी लगायतका बक्ताहरुले प्रवासमा तीजको महत्वको वारेमा बोल्नु भएको थियो ।
अमेरिकाको न्यूयोर्कमा रहेका राप्तीबासीलाई एकै थलोमा जम्मा गरि तीज मनाईएको समाजका सचिब चन्द्र ओलीले बताउनु भयो । कार्यक्रममा निसा बुढामगरले तीज कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.