
घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
सुदूरपश्चिम नेपाली समाज टेक्सासको अध्यक्षमा गगन केसी चयन भएका छन । समाजको आज पशुपति नाथ तथा बुद्ध मन्दिर युलेशमा सम्पन्न साधारण सभाले आगामी २ बर्षका लागि केसीलाई अध्यक्षमा चयन गरेको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा नवराज भट्ट, सचिब गुन्जन भण्डारी, कोषाध्यक्षमा चन्द्रकान्त उपाध्याय निर्बाचित भएका छन । यसैगरि सदस्यहरुमा क्रमस ः दिपेन्द्र मनराल, भरत शाह, दिपेन्द्र जोशी, लता सुबेदी, सुरेन्द्र अवस्थी र रिजा काफ्ले पनेरु रहेको समाजले जनाएको छ । निर्बाचन समितिमा पूर्ब अध्यक्ष भक्त भण्डारी र प्रेम शाही रहेका थिए ।
नव निर्बाचित कार्य समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको थियो । कार्यक्रममा बोल्दै नव निर्बाचित अध्यक्ष गगन केसीले टेक्सासमा रहेका सुदूरपश्चिमेलीहरुलाई सँस्थामा आबद्ध गराउदै सँस्थालाई उत्कृष्ट सँस्था बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यसैगरि निबर्तमान अध्यक्ष नवराज नाथ योगीले बिभिन्न चुनौतीहरुसँग सामना गर्दै आफ्नो कार्य समितिले सँस्थालाई समुदायमा स्थापित गराउन सफल भएको धारणा व्यक्त गर्नु भयो ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज नाथ योगीको अध्यक्षता तथा उपाध्यक्ष प्रकाश भट्टको सन्चालनमा सम्पन्न साधारण सभामा सँस्थाको प्रगति तथा आर्थिक प्रतिबेदन छलफल सहित पारित गरिएको थियो ।