एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरद्वारा पूर्ब अध्यक्षहरुसँग अन्तरक्रिया

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
यस बर्षको प्रेसिडेन्ट्स डे को अवसर पारी गैर आवासिय नेपाली संघ, अमेरिका टेक्सास च्याप्टरले आज पूर्ब अध्यक्षहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
टेक्सास च्याप्टरका पूर्ब अध्यक्षहरुका अनुभव र सुझावको आधारमा च्याप्टरका आगामी योजना तर्जुमा गर्ने उद्देश्यले अन्तरकृया कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दीपेन्द्र गुरागाईंले बताउनु भयो । युलेश स्थित मन्त्र रेष्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी पूर्ब अध्यक्षहरुले गैर आवासिय नेपाली संघ, अमेरिका टेक्सास च्याप्टरको सन्दर्भमा अवसर र चुनौती दुबै रहेकाले योजनाबद्ध रुपमा काम गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष सरोज सिग्देलले टेक्सास च्याप्टरले आयोजना गर्ने उत्कृष्ट कार्यक्रममा एनसीसीको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरि पूर्ब अध्यक्ष उत्तम लामिछानेले टेक्सासमा नेपाली तथा भारतीय समुदायको बसोवास बाक्लिदै गएकाले फ्युनरल हल निर्माण गर्न सके राहात पुग्ने बिचार व्यक्त गर्नु भयो । लामिछानेले नेपाली समुदायलाई लक्षित गरि सीपमूलक तथा जानकारीमूलक कार्यक्रम सन्चालन गर्न सुझाव दिनु भयो ।
अर्का पूर्ब अध्यक्ष भानु खरेलले टेक्सास च्याप्टरका कार्यक्रमहरु सेवामूलक हुनु पर्ने कुरामा जोड दिनु भयो । समुदायको लागि हेल्प डेस्क स्थापना गर्नु पर्ने कुरामा जोड दिदै कार्यक्रममा कतिजना उपस्थित भए भन्दा पनि कतिजनालाई सेवा दिईयो भन्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।
यस्तै पूर्ब अध्यक्ष राजेश अर्यालले च्याप्टरले गैरआवासिय नेपाली सँघ प्रतिको आकर्षण बढाउन पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो । नेपाली समुदायको बसोवास र समस्याहरु पनि बढीरहेकाले डोनेशन भन्दा पनि दीर्घकालिन सामाधानका उपायहरु खोजिनु पर्ने, एनसीसीले च्याप्टरको क्षमता बिकासमा सहयोग गर्नु पर्ने बताउनु भयो ।
च्याप्टरका निबर्तमान अध्यक्ष सोफिन थापाले गैरआवासिय नेपाली संघ नेपाली समुदायको नेतृत्वदायी संस्था भएकाले यसका कार्यक्रम समुदायका अन्य सँस्था भन्दा फरक हुनु पर्ने कुरामा जोड दिनु भयो । नेपाली समुदायलाई भाषण भन्दा सेवा चाहिएकाले नेपाली दूतावास तथा अन्य निकायसँग समन्वय गरेर बिभिन्न सेवामूलक कार्यक्रम सन्चालन गर्न सुझाव दिनु भयो । टेक्सास च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईको अध्यक्षता तथा सचिब निश्चल चापागाईको सन्चालनमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा च्याप्टरका सल्लाहकार मधुर खरेल, सन्देश उप्रेती, बिजय अधिकारी तथा पूर्ब सचिब चण्डी भण्डारीले पनि बोल्नु भएकाले थियो ।

 

Leave A Reply

Your email address will not be published.